१ तिमोथी 1
1
1हामीलाई मुक्ति दिने परमेश्वर र आशा दिने येशू ख्रीष्टको आज्ञाअनुसार येशू ख्रीष्टको प्रेरित भएको म पावल यो पत्र 2#प्रेरित 16:1विश्वासमा मेरा साँचो छोरा तिमोथीलाई लेख्दैछु। परमेश्वर पिता र हाम्रा ख्रीष्ट येशूले तिमीलाई अनुग्रह, कृपा र शान्ति देऊन्।
झूटो शिक्षाबाट होशियार
3मैले माकेडोनियामा जान लाग्दा तिमीलाई एफिससमै बस भनेर कर लगाएको थिएँ र अझै पनि त्यहाँ झूटो शिक्षा दिनेलाई रोक्न त्यहीं बस। 4तिमीले तिनीहरूलाई ती दन्त्यकथा र पिता-पुर्खाहरूका नटुङ्गिने सूचीमा अल्मलिन नदेओ किनभने त्यसले त विश्वासले बुझिने परमेश्वरको योजनामा शङ्का मात्र बढाउँछ। 5हामीले दिएका शिक्षाचाहिँ शुद्ध मन, राम्रो विवेक र साँचो विश्वासबाट निक्लने प्रेमलाई बढाउनु हो। 6कतिपय मानिसहरू यी कुरालाई भुलेर व्यर्थैको कुरामा अल्मलिरहेका छन्। 7आफूले बोलेको कुरा पनि नबुझ्ने र के बारेमा बोल्दै छन्, त्यसको पनि अत्तो-पत्तो नराख्ने व्यवस्था सिकाउने गुरु हुन खोज्छन्।
8हामीलाई थाहा छ, ठीकसँग चलायो भने व्यवस्था धेरै राम्रो कुरो हो। 9यो थाहा हुनुपर्छ, नियम असल मानिसको निम्ति बनिएको होइन। ऐन त नियम भङ्ग गर्ने, डाकुहरू, ईश्वर नमान्ने र पापीहरू, आफ्ना आमा-बुबालाई मार्नेहरू, मान्छे मार्नेहरू, 10व्यभिचारीहरू, पुरुषगामीहरू, अपहरणकारीहरू, झूटो बोल्ने र झूटो साक्षी दिने र सत्य शिक्षाको विरुद्ध काम गर्नेहरूका लागि बनिएको हो। 11यो हाम्रो शिक्षाचाहिँ पूज्य परमेश्वरले विश्वास गरेर मलाई दिनुभएको ठूलो सुसमाचारमा पाइन्छ।
परमेश्वरको दयाको निम्ति धन्यवाद
12मेरो काममा मलाई बल दिने हाम्रा प्रभु येशू ख्रीष्टलाई म धन्यवाद दिन्छु। उहाँले मलाई विश्वास गरेर नै आफ्नो काममा लगाउनुभयो। 13#प्रेरित 8:3; 9:4,5हुन म त पहिले उहाँको निन्दा गर्ने र खेदो गर्ने थिएँ। त्यस बेला मेरो विश्वास थिएन र यी सबै कुरा अन्जानमै गरेको थिएँ। त्यसो हुँदा परमेश्वरले मलाई दया गर्नुभयो 14र ममाथि हाम्रो प्रभुको अनुग्रह प्रशस्तसँग खन्याउनुभयो। ख्रीष्टमा पाएको विश्वास र प्रेम उहाँले नै मलाई दिनुभयो। 15ख्रीष्ट येशू पापीहरूलाई नै बचाउन यस संसारमा आउनुभएको हो, यो सबैले मान्नुपर्ने साँचो कुरा हो। तिनीहरूमा मचाहिँ सबैभन्दा पापी हुँ। 16यही कारणले नै उहाँले मलाई दया गर्नुभयो। मजस्तो सबैभन्दा पापीलाई आफ्नो धैर्य प्रकट गर्न उहाँले मलाई नमुना बनाउनुभयो। यो नमुना पछि उहाँमाथि विश्वास गर्ने र अनन्त जीवन पाउनेहरूका लागि हो। 17अब सधैँको राजा सधैँ जिउने र देख्न नसकिने एकमात्र परमेश्वरलाई सधैँभरि आदर र सम्मान् होइरहोस्। हो, आमेन।
18हेर बाबु तिमोथी, धेरैअघि तिम्रो बारेमा परमेश्वरका तर्फबाट बोलेको कुराअनुसार तिमीलाई यो भार जिम्मा लाउँदै छु। असल लडाइँ लड्नलाई उहाँले भन्नुभएका ती कुराहरूलाई हतियारको रूपमा प्रयोग गर। 19त्यस बेला तिमीले आफ्नो विश्वास र राम्रो विवेकलाई नछोड्नू। विवेकले भनेको नटेर्दा कति जनाको विश्वासै नष्ट भएर गयो। 20तिनीहरूमा हुमेनियस र अलेक्जेन्डर हुन्। परमेश्वरलाई निन्दा गर्न छोडून् भनेर मैले तिनीहरूलाई शैतानको हातमा सुम्पिदिएको छु।
Currently Selected:
१ तिमोथी 1: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.