YouVersion Logo
Search Icon

१ कोरिन्थी 3:18-23

१ कोरिन्थी 3:18-23 सरल नेपाली

कसैले आफैंलाई धोखा नदेओस्। तिमीहरूका बीचमा कोही यस युगको जान्‍ने ज्ञानी छु भन्‍ने सोच्‍दछ भने ऊ साँचो रूपले ज्ञानी हुन मूर्ख बनोस् किनभने संसारको ज्ञान परमेश्‍वरको अगाडि मूर्ख कुरा हो। धर्मशास्‍त्रमा लेखिएको छ, “परमेश्‍वरले ती ज्ञानी मानिसहरूलाई उनीहरूको चलाकीपनमा नै पक्रिनुहुन्‍छ।” फेरि अर्को ठाउँमा धर्मशास्‍त्रले भन्‍छ, “ज्ञानीहरूको विचार काम लाग्‍नेछैन भनी प्रभुलाई थाहा छ।” त्‍यसो हुँदा कसैले मानिसले गर्न सक्‍ने काममा घमण्‍ड नगरोस्। खासमा सबै कुरा तिमीहरूकै हुन्, पावल, अपोल्‍लोस र पत्रुस, संसार, जीवन र मृत्‍यु, अहिलेको समय, पछिको समय सबै तिमीहरूकै हुन् र तिमीहरूचाहिँ ख्रीष्‍टका अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ।

Free Reading Plans and Devotionals related to १ कोरिन्थी 3:18-23