YouVersion Logo
Search Icon

तीतस 2

2
विभिन्‍न समुदायको निम्ति शिक्षा
1तिमीले चाहिँ जे पक्‍का धार्मिक-सिद्धान्‍त सुहाँउदो छ त्‍यही सिकाऊ। 2वृद्ध मानिसलाई संयमी, गम्‍भीर, समझदार, विश्‍वासमा पक्‍का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।
3यसरी नै वृद्ध स्‍त्रीहरू आचार-व्‍यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्‍वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्‍ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्‍यही सिकाऊन्‌। 4तिनीहरूले तरुणीहरूलाई आ-आफ्‍ना पति र बालबच्‍चाहरूलाई प्रेम गर्न, 5र तिनीहरू समझदार, पतिव्रता, घरजम गर्न सक्‍ने, दयालु, आ-आफ्‍ना पतिका अधीनमा रहने हुनलाई तालीम देऊन्, ताकि परमेश्‍वरका वचनको निन्‍दा हुन नपाओस्‌।
6त्‍यहीबमोजिम जवान मानिसलाई पनि आत्‍मसंयमी हुनलाई अर्ती देऊ। 7सबै कुरामा असल कामको नमूना भई तिमीले आफूलाई देखाऊ, र तिम्रो शिक्षामा ईमानदारी, गम्‍भीरता, 8र कसैले निन्‍दा गर्न नपाउने ठीक बोली होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्‍ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्‌।
9कमाराहरूलाई पनि आ-आफ्‍ना मालिकको वशमा रहिकन हरेक कुरामा आफ्‍ना मालिकहरूलाई सन्‍तुष्‍ट तुल्‍याउने आदेश देऊ, र तिनीहरू मुख लाग्‍ने नहोऊन्‌। 10तिनीहरूले चोरी नगरून्, तर पूर्ण रूपमा विश्‍वासयोग्‍य होऊन्‌। यसरी हरेक कुरामा तिनीहरूले हाम्रा मुक्तिदाता परमेश्‍वरका धार्मिक-सिद्धान्‍तको शोभा बढ़ाऊन्‌।
11किनकि सबै मानिसहरूका मुक्तिको निम्‍ति परमेश्‍वरको अनुग्रह प्रकट भएको छ, 12जसले हामीलाई भक्तिहीनता र सांसारिक तृष्‍णाहरू त्‍याग्‍न र संसारमा संयमी, सोझो र भक्त भएर जीवन यापन गर्न तालीम दिन्‍छ। 13र हाम्रो धन्‍यको आशा— हाम्रा महान्‌ परमेश्‍वर र मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। 14ख्रीष्‍टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोशिलो भएको आफ्‍नै निम्‍ति एक विशेष जाति शुद्ध पार्नलाई आफूलाई दिइहाल्‍नुभयो।#भज १३०:८; प्रस १९:५; व्‍य ४:२०; ७:६; १४:२; १ पत्र २:९
15यी कुराहरूको घोषणा गर, पूरा अधिकारसहित अर्ती-उपदेश देऊ र हप्‍काऊ। कसैले तिम्रो अवहेलना नगरोस्‌।

Currently Selected:

तीतस 2: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy