भजनसंग्रह 93
93
परमेश्वरको प्रतापी राज्य
1परमप्रभुले राज्य गर्नुहुन्छ, उहाँ महिमाले विभूषित हुनुहुन्छ, अनि शक्तिले सुसज्जित हुनुहुन्छ। पृथ्वीको जग सुदृढ़ छ, त्यो कहिल्यै डग्नेछैन।
2तपाईंको सिंहासन अनादिकालदेखि स्थापना भएको छ। तपाईं अनन्तदेखि हुनुहुन्छ।
3हे परमप्रभु, समुद्रहरू उर्लिआएका छन्, समुद्रका छालहरूको गर्जन उच्च भएको छ, तिनका भयानक लहरहरू उर्लिआएका छन्।
4महासमुद्रको गर्जनभन्दा, समुद्रका शक्तिशाली तरङ्गहरूभन्दा पनि, उच्चमा विराजमान हुनुहुने परमप्रभु शक्तिशाली हुनुहुन्छ।
5तपाईंका कानूनहरू दृढ़ छन्, हे परमप्रभु, अनन्तकालको निम्ति तपाईंको भवन पवित्रताले सुसज्जित छ।
Currently Selected:
भजनसंग्रह 93: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012