YouVersion Logo
Search Icon

भजनसंग्रह 57

57
परमेश्‍वरबाट रक्षाको निम्‍ति विश्‍वासपूर्ण प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति “विनाश नहोस्‌” को रागअनुसार दाऊदको मिक्‍ताम
1ममाथि कृपा गर्नुहोस्‌, हे परमेश्‍वर, ममाथि कृपा गर्नुहोस्‌,#१ शमू २२:१; २४:३ किनकि मेरो प्राणले तपाईंमा शरण लिन्‍छ। यो आपत्‌ नहटुञ्‍जेल,
तपाईंकै पखेटाको छायामुनि म शरण लिनेछु।
2सर्वोच्‍च परमेश्‍वरमा म पुकारा गर्छु, परमेश्‍वरमा, जसले मेरो निम्‍ति आफ्‍नो अभिप्राय पूर्ण गर्नुहुन्‍छ।
3स्‍वर्गबाट उहाँले पठाउनुहुन्‍छ र मलाई बचाउनुहुन्‍छ,
र मलाई क्रूरतासँग पिछा गर्नेहरूलाई हप्‍काउनुहुन्‍छ। परमेश्‍वर आफ्‍नो करुणा र विश्‍वसनीयता प्रकट गर्नुहुन्‍छ। सेला
4म सिंहहरूका बीचमा छु, म भक्षक जनावरहरूका बीचमा सुत्दछु। मानिसहरू जसका दाँत बर्छा र बाण हुन्‌,
जसका जिब्रा धारिला तरवारझैँ छन्‌।
5हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌।
6तिनीहरूले मेरा गोडाका निम्‍ति जाल बिछाएका छन्‌, म सङ्कष्‍टले तल नुहेको छु। तिनीहरूले मेरो सामुन्‍ने एउटा खाड़ल खनेका छन्‌, तर तिनीहरू आफै त्‍यसमा परेका छन्‌। सेला
7मेरो हृदय स्‍थिर छ, हे परमेश्‍वर,#भज १०८:१-५ मेरो हृदय स्‍थिर छ, म गाउनेछु, म राग बजाउनेछु।
8हे मेरो प्राण, जाग्‌, हे वीणा र सारङ्गी, जाग, म प्रभातलाई जगाउनेछु।
9हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गाउनेछु। मानिसहरूका बीचमा म तपाईंको विषयमा गाउनेछु।
10किनकि तपाईंको करुणा स्‍वर्गसम्‍म महान्‌ छ,
र तपाईंको विश्‍वसनीयताले आकाशै छुन्‍छ।
11हे परमेश्‍वर, तपाईं स्‍वर्गभन्‍दा पनि उच्‍च हुनुहोस्‌, तपाईंको महिमा सारा पृथ्‍वीभरि व्‍याप्‍त होस्‌!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy