YouVersion Logo
Search Icon

भजनसंग्रह 54

54
शत्रुहरूबाट छुटकाराको निम्‍ति प्रार्थना
सङ्गीत-निर्देशकको निम्‍ति तार-वाद्यमा दाऊदको मस्‍किल
1हे परमेश्‍वर, तपाईंको नाउँले मलाई बचाउनुहोस्‌,
र तपाईंको पराक्रमले मलाई निर्दोष साबित गरिदिनुहोस्‌।
2हे परमेश्‍वर, मेरो प्रार्थना सुनिदिनुहोस्‌, मेरो मुखका शब्‍दहरूमा ध्‍यान दिनुहोस्‌।
3विदेशीहरूले मलाई आक्रमण गर्छन्‌,#१ शमू २३:१९; २६:१ निर्दयीहरू मलाई मार्न खोज्‍दछन्‌, त्‍यस्‍ता मानिसहरू जसले परमेश्‍वरको श्रद्धा गर्दैनन्‌। सेला
4निश्‍चय नै परमेश्‍वर मेरा सहायक हुनुहुन्‍छ, परमप्रभु, जसले मलाई थाम्‍नुहुन्‍छ।
5ज-जसले मेरो बदनाम गर्छन्‌, तिनीहरूमाथि खराबी परोस्‌, तपाईंको विश्‍वसनीयताले तिनीहरूलाई सर्वनाश गर्नुहोस्‌।
6म तपाईंलाई स्‍वेच्‍छाको बलि चढ़ाउनेछु, हे परमप्रभु, म तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनकि त्‍यो असल छ।
7किनकि उहाँले मलाई सबै कष्‍टहरूबाट छुटाउनुभएको छ। मैले मेरा शत्रुहरूलाई विजयको दृष्‍टिले हेरेको छु।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy