भजनसंग्रह 48
48
सियोनको सौन्दर्य र शक्ति
एउटा गीत— कोरहवंशीको भजन
1परमप्रभु महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ, हाम्रा परमेश्वरको नगरमा, उहाँको पवित्र पर्वतमा।
2उहाँको पवित्र पर्वत आफ्नो उचाइमा मनोहर छ,#मत्ती ५:३५ सारा पृथ्वीको लागि त्यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान् राजाको नगर।
3परमेश्वर त्यसका किल्लाहरूमा हुनुहुन्छ, अनि उहाँ त्यसको सुरक्षा हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।
4जब राजाहरू भेला भए र दल बाँधी सँगै अगि बढ़े,
5तब तिनीहरूले त्यसलाई देखे र चकित भए, तिनीहरू आतङ्कित भए अनि भागे।
6त्यहीँ नै तिनीहरू थरथरी काँप्न लागे, प्रसवपीडामा परेकी स्त्रीजस्तै तिनीहरू भए।
7तपाईंले तिनीहरूलाई तर्शीशका जहाजहरूलाई झैँ पूर्वी बतासले नष्ट गर्नुहुन्छ।
8सर्वशक्तिमान् परमप्रभुको नगरमा, हाम्रा परमेश्वरको सहरमा, हामीले जस्तो सुनेका छौं, त्यस्तै देखेका छौं, परमेश्वरले त्यसलाई सदाको निम्ति सुरक्षित राख्नुहुन्छ। सेला
9हे परमेश्वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचूक कृपामाथि ध्यान गर्छौं।
10हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ, त्यस्तै पृथ्वीको पल्लो छेउसम्मै तपाईंको प्रशंसा पुग्दछ। तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
11सियोन पर्वत हर्षित हुन्छ, यहूदाका गाउँहरू तपाईंका न्यायको कारण रमाउँदछन्।
12सियोनको चारैतिर हिँड़, र त्यसको परिक्रमा गर, त्यहाँका धरहराहरू गन,
13त्यसका पर्खालहरूलाई ध्यानसाथ हेर, त्यसका किल्लाहरू राम्ररी हेर,
र तिमीले पछि आउने पुस्तालाई बताउन सक।
14किनकि यी नै परमेश्वर हाम्रा सदासर्वदाका परमेश्वर हुनुहुन्छ, उहाँ नै अनन्तकालसम्म हाम्रा अगुवा हुनुहुनेछ।
Currently Selected:
भजनसंग्रह 48: NNRV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012