YouVersion Logo
Search Icon

भजनसंग्रह 43

43
न्‍याय र मुक्तिको निम्‍ति प्रार्थना
1हे मेरा परमेश्‍वर, मेरो निर्दोषता साबित गरिदिनुहोस्‌,
र भक्तिहीन जातिको विरुद्ध मेरो पक्षमा बोलिदिनुहोस्‌। मलाई छल गर्ने र दुष्‍ट मानिसहरूबाट छुटाउनुहोस्‌।
2तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ, मेरो किल्‍ला। मलाई किन तपाईंले त्‍याग्‍नुभएको छ? मलाई किन शत्रुहरूको अत्‍याचारमा परी विलाप गर्दै हिँड्‌नुपर्छ?
3तपाईंको ज्‍योति र तपाईंको सत्‍यता पठाइदिनुहोस्‌, तिनैले मलाई डोर्‍याऊन्‌, तिनले नै मलाई तपाईंको पवित्र पर्वतमा, त्‍यो वासस्‍थानमा पुर्‍याऊन्‌, जहाँ तपाईं वास गर्नुहुन्‍छ।
4तब म परमेश्‍वरको वेदीमा जानेछु, मेरा परमेश्‍वरकहाँ, जो मेरो अति आनन्‍द र हर्ष हुनुहुन्‍छ। म वीणा बजाउँदै तपाईंको स्‍तुति गर्नेछु,
हे परमेश्‍वर, मेरा परमेश्‍वर।
5हे मेरो प्राण, तँ किन उदास हुन्‍छस्‌?
र मेरो अन्‍तस्‍करणमा तँ किन यति व्‍याकुल हुन्‍छस्‌? तेरो आशा परमेश्‍वरमा राख्‌, किनकि म अझै पनि उहाँको प्रशंसा गर्नेछु। उहाँ मेरा उद्धारक र मेरा परमेश्‍वर हुनुहुन्‍छ।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 43