YouVersion Logo
Search Icon

भजनसंग्रह 24

24
महिमाका राजा
दाऊदको भजन
1पृथ्‍वी र त्‍यसमा भएका जो-जति छन्‌ सबै परमप्रभुका हुन्‌,#१ कोर १०:२६ संसार र त्‍यसमा वास गर्नेहरू सबै उहाँकै हुन्‌।
2किनभने उहाँले त्‍यसलाई समुद्रमाथि बसाल्‍नुभएको छ,
र पानीहरूको गहिराइमा त्‍यसलाई स्‍थापित गर्नुभएको छ।
3परमप्रभुको डाँड़ामा को उक्‍लन सक्‍ला?
र उहाँको पवित्रस्‍थानमा को खड़ा हुन सक्‍छ?
4त्‍यही नै, जसको हात निर्दोष छ,
र जसको हृदय निर्मल छ,#मत्ती ५:८ जसले आफ्‍नो मनलाई मूर्तितिर लगाएको छैन,
र जसले झूटो कुरामाथि शपथ खाँदैन।
5त्‍यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ,
र त्‍यसको उद्धारकर्ता परमेश्‍वरले त्‍यसलाई निर्दोष ठहराउनुहुनेछ।
6उहाँलाई खोज्‍ने पुस्‍ताका मानिसहरू यस्‍तै हुन्‍छन्‌, जसले, हे याकूबका परमेश्‍वर, तपाईंको दर्शन खोज्‍दछन्‌। सेला
7हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, उच्‍च होओ,
र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌।
8महिमाका महाराजा को हुनुहुन्‍छ? परमप्रभु, जो सामर्थी र प्रतापी हुनुहुन्‍छ, परमप्रभु, जो लड़ाइँमा पराक्रमी हुनुहुन्‍छ।
9हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ,
र महिमाका महाराजा तीबाट प्रवेश गरून्‌!
10महिमाका यी महाराजाचाहिँ को हुनुहुन्‍छ? सर्वशक्तिमान्‌ परमप्रभु, उहाँ नै महिमाका महाराजा हुनुहुन्‍छ। सेला

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 24