YouVersion Logo
Search Icon

भजनसंग्रह 22

22
सङ्कष्‍टमा पुकार र प्रशंसाको भजन
सङ्गीत-निर्देशकको निम्‍ति “प्रभातको हरिणी” को रागअनुसार दाऊदको भजन
1हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर,#मत्ती २७:४६; मर्क १५:३४ तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्‍छ? अनि मेरो करुण-क्रन्‍दनका शब्‍दहरूबाट त्‍यति टाढ़ा?
2हे मेरा परमेश्‍वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्‍न। राती पनि म शान्‍त बन्‍दिनँ।
3तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्‍छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्‍छ।
4हाम्रा पुर्खाले तपाईंमा नै भरोसा राखेका थिए, तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो।
5तपाईंमा तिनीहरूले पुकार गरे, र बाँचे। तिनीहरूले तपाईंमा भरोसा राखे, र निराश भएनन्‌।
6तर म त एउटा कीरा मात्र हुँ, मानिस होइनँ, मानिसहरूद्वारा उपेक्षित, र लोकद्वारा तुच्‍छ गनिएको।
7मलाई देख्‍नेहरू जति सबैले मेरो ठट्टा गर्छन्‌।#मत्ती २७:३९; मर्क १५:२९; लूक २३:३५
तिनीहरू ओठ लेब्‍र्याउँछन्‌, र मुन्‍टो बटार्दै भन्‍छन्‌,
8“त्‍यसले परमप्रभुमाथि भरोसा गर्दछ,#मत्ती २७:४३ त्‍यसलाई उहाँले नै छुटाऊन्‌। उहाँले नै त्‍यसको उद्धार गरून्‌, किनकि त्‍यससँग उहाँ प्रसन्‍न हुनुहुन्‍छ।”
9तैपनि तपाईंले नै मलाई गर्भबाट निकालिल्‍याउनुभयो। मेरी आमाको काखैबाट तपाईंले मलाई तपाईंमाथि भरोसा राख्‍ने बनाउनुभयो।
10मेरो जन्‍मैदेखि म तपाईंमा अर्पण गरिएँ, मेरी आमाले मलाई जन्‍म दिएदेखि तपाईं मेरा परमेश्‍वर हुनुभएको छ।
11मबाट टाढ़ा नहुनुहोस्‌, किनकि सङ्कष्‍ट नजिकै छ,
र मलाई गोहार गर्ने कोही छैन।
12धेरै साँढ़ेहरूले मलाई घेरेका छन्‌, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्‌।
13आफ्‍नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्‍ना मुख बाउँछन्‌।
14म त पानीझैँ पोखिएको छु,
र मेरा सारा हड्डीका जोर्नीहरू फुस्‍केका छन्‌। मेरो मुटु मैनजस्‍तै भइसकेको छ, मेरो छातीभित्र त्‍यो पग्‍लेको छ।
15माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ,
र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्‍युको धूलोमा मिलाउनुभएको छ।
16कुकुरहरू मेरो चारैपट्टि छन्‌, कुकर्मीहरूको समूहले मलाई घेरेको छ, तिनीहरूले मेरा हात र मेरा खुट्टा छेड़ेका छन्‌।
17मेरा सबै हाड़हरू म गन्‍न सक्‍छु, मानिसहरू द्वेषसाथ मलाई एकटक लाएर हेर्छन्‌।
18तिनीहरू मेरा वस्‍त्रहरू आपसमा बाँड्‌छन्‌,#मत्ती २७:३५; मर्क १५:२४; लूक २३:२४; यूह १९:२४
र मेरो पोशाकको निम्‍ति तिनीहरूले चिट्ठा हाल्‍छन्‌।
19तर हे परमप्रभु, तपाईंचाहिँ टाढ़ा नहुनुहोस्‌! हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्‌!
20मेरो प्राणलाई तरवारबाट, र मेरो अमूल्‍य ज्‍यानलाई कुकुरहरूका पन्‍जाबाट उद्धार गर्नुहोस्‌।
21सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस्‌,
र जङ्गली साँढ़ेका सीङहरूबाट मलाई बचाउनुहोस्‌।
22म मेरा भाइहरूका सामुन्‍ने तपाईंको नाउँ घोषणा गर्नेछु,#हिब २:१२ सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।
23परमप्रभुको भय मान्‍नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्‍तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्‍तान हो, उहाँको भक्ति गर।
24किनकि उहाँले पीडितको दु:खलाई तुच्‍छ ठान्‍नुभएको छैन, न घृणाको दृष्‍टिले हेर्नुभएको छ। उहाँले आफ्‍नो मुहार त्‍यसबाट लुकाउनुभएको छैन,
तर त्‍यसले सहायताको निम्‍ति पुकारा गर्दा उहाँले सुन्‍नुभएको छ।
25ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्‍छ, तपाईंको डर राख्‍नेहरूका सामुन्‍ने म आफ्‍नो भाकल पूरा गर्नेछु।
26गरीबहरू खाएर तृप्‍त हुनेछन्‌, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्‌। तिमीहरूका हृदय सदा जीवित रहून्‌!
27समस्‍त पृथ्‍वीका सबै जातिहरूले स्‍मरण गर्नेछन्‌,
र परमप्रभुतिर फर्कनेछन्‌। जाति-जातिका सबै परिवारहरूले उहाँलाई दण्‍डवत्‌ गर्नेछन्‌।
28किनभने राज्‍य त परमप्रभुकै हो,
र सबै जातिहरूमाथि उहाँले नै शासन गर्नुहुन्‍छ।
29पृथ्‍वीका सबै धनीहरूले भोज गर्नेछन्‌, आराधना गर्नेछन्‌, जस-जसले आफ्‍नो प्राण बचाउन सक्‍दैनन्‌, जो धूलोमा मिलिजानेछन्‌, ती सबै उहाँको सामुन्‍ने घोप्‍टो पर्नेछन्‌।
30भावी सन्‍तानले उहाँको सेवा गर्नेछन्‌, भावी पुस्‍तालाई परमप्रभुको बारेमा बताइनेछ।
31अहिलेसम्‍म जन्‍म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्‌— किनकि उहाँले यो गर्नुभएको छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy