YouVersion Logo
Search Icon

भजनसंग्रह 16

16
परमेश्‍वरमा भरोसाको प्रार्थना
दाऊदको मिक्‍ताम
1मलाई रक्षा गर्नुहोस्‌, हे परमेश्‍वर, किनकि मैले तपाईंमा शरण लिएको छु।
2मैले परमप्रभुलाई भनेको छु, “तपाईं मेरा प्रभु हुनुहुन्‍छ। तपाईंबाहेक मेरो निम्‍ति अरू कुनै राम्रो कुरा छैन।”
3देशमा भएका पवित्र जनहरूचाहिँ तेजस्‍वी छन्‌, तिनीहरूमा नै मेरो सम्‍पूर्ण आनन्‍द छ।
4अरू देवताको अनुसरण गर्नेहरूले आफ्‍ना दु:ख बढ़ाउँछन्‌।
ती देवताहरूलाई रक्त-बलि म चढ़ाउनेछैनँ,
अनि तिनीहरूका नाउँ मेरो ओठले उच्‍चारण गर्नेछैन।
5परमप्रभु, तपाईंले मेरो हिस्‍सा र कचौरा छुट्ट्याइदिनुभएको छ। तपाईंले मेरो भाग सुरक्षित राखिदिनुभएको छ।
6सिमानाका रेखाहरू मेरो निम्‍ति रमणीय स्‍थानमा परेका छन्‌। साँच्‍चै, मैले आनन्‍दमय पैतृक-सम्‍पत्ति पाएको छु।
7मलाई सल्‍लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु। मेरो हृदयले राती पनि मलाई अर्ती दिन्‍छ।
8मैले परमप्रभुलाई सधैँ मेरो सामुन्‍ने राखेको छु।#प्रे २:२५-२८ उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्‍छ, यसकारण म डग्‍नेछैनँ।
9यसकारण मेरो हृदय आनन्‍दित छ, अनि मेरो जिब्रो हर्षित हुन्‍छ। मेरो शरीर पनि सुरक्षित रहन्‍छ।
10किनभने तपाईंले मेरो प्राणलाई चिहानमा#16:10 हिब्रू: पातालमा छोड्‌नुहुनेछैन,#प्रे १३:३५ न त तपाईंले आफ्‍ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
11तपाईंले मलाई जीवनको मार्ग देखाउनुभएको छ। तपाईंको उपस्‍थितिद्वारा तपाईंले आनन्‍दले मलाई गद्‌गद्‌ पार्नुहुनेछ। तपाईंको दाहिने बाहुलीमा अनन्‍त आनन्‍द छ।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in