भजनसंग्रह 148
148
सारा विश्वलाई परमेश्वरको प्रशंसा गर्ने आह्वान
1हल्लेलूयाह! स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर।
2हे उहाँका स्वर्गीय दूतगण, उहाँको प्रशंसा गर। हे उहाँका सारा स्वर्गीय सेना, उहाँका प्रशंसा गर।
3हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर।
4हे सर्वोच्च आकाश र आकाशमाथिका पानी हो, तिमीहरूले उहाँको प्रशंसा गर।
5तिनीहरूले परमप्रभुका नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा गर्नुभयो, र तिनको सृजना भयो।
6उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित गर्नुभयो, अनि कहिले नटल्ने विधि उहाँले दिनुभयो।
7पृथ्वीबाट परमप्रभुको प्रशंसा गर, हे विशाल जलजन्तु हो, र सबै गहिरा सागर हो,
8बिजुली र असिना, हिउँ र बादल, उहाँको वचन मान्ने आँधीबेहरी हो,
9पहाड़हरू र सबै डाँड़ाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो,
10जङ्गली जनावर र सबै गाईबस्तुहरू हो, ससाना जन्तु र उड्ने पक्षीहरू हो,
11पृथ्वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू,
12युवकहरू र कन्याहरू, वृद्ध र बालकहरू, परमप्रभुको प्रशंसा गर।
13यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र महान् छ, उहाँको महिमा पृथ्वी र आकाशभन्दा पनि उच्च छ।
14उहाँले आफ्ना मानिसहरूका निम्ति एउटा सीङ#148:14 “सीङ” को अर्थ “शक्तिशाली जन” हो खड़ा गर्नुभएको छ, जो उहाँका पवित्रजनहरू, उहाँको हृदयका नजिक रहने इस्राएलका प्रशंसा हुन्। हल्लेलूयाह!
Currently Selected:
भजनसंग्रह 148: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012