YouVersion Logo
Search Icon

भजनसंग्रह 146

146
उद्धारक परमेश्‍वरको प्रशंसा
1हल्‍लेलूयाह!#146:1 अर्थात “परमप्रभुको प्रशंसा गर!” ए मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌!
2म जीवनभरि परमप्रभुको प्रशंसा गर्नेछु, म जीवित रहुञ्‍जेल मेरा परमेश्‍वरको स्‍तुति गाई नै बस्‍नेछु।
3आफ्‍नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्‍दैनन्‌।
4जब तिनीहरूको आत्‍मा निस्‍कन्‍छ, तिनीहरू माटोमा मिलिहाल्‍छन्‌। त्‍यही दिन तिनीहरूका योजनाहरू पनि नष्‍ट हुन्‍छन्‌।
5त्‍यो मानिस धन्‍यको हो, जसको सहायता याकूबका परमेश्‍वरमा छ, जसको आशा परमप्रभु त्‍यसका परमेश्‍वरमा हुन्‍छ।
6उहाँ स्‍वर्ग र पृथ्‍वी, समुद्र र त्‍यसमा भएका यावत्‌ थोकका सृष्‍टिकर्ता हुनुहुन्‍छ।#प्रे ४:२४; १४:१५ परमप्रभु सदाकालको निम्‍ति विश्‍वासयोग्‍य रहनुहुन्‍छ।
7उहाँले अत्याचारमा परेकाहरूका पक्षमा न्‍याय दिनुहुन्‍छ,
र भोकाहरूलाई भोजन दिनुहुन्‍छ।
परमप्रभुले कैदीहरूलाई मुक्त गरिदिनुहुन्‍छ।
8परमप्रभुले अन्‍धाहरूका आँखा खोलिदिनुहुन्‍छ। परमप्रभुले दबिएकाहरूलाई उठाउनुहुन्‍छ। परमप्रभुले धर्मीजनलाई प्रेम गर्नुहुन्‍छ।
9विदेशीहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ! अनाथ र विधवालाई उहाँले सम्हाल्‍नुहुन्‍छ, तर दुष्‍टहरूका युक्तिहरू उहाँले विफल पार्नुहुन्‍छ।
10परमप्रभुले सदासर्वदा राज्‍य गर्नुहुनेछ, ए सियोन, तिम्रा परमेश्‍वरले पुस्‍तौँ-पुस्‍तौँसम्‍म राज्‍य गर्नुहुनेछ। हल्‍लेलूयाह!

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in