YouVersion Logo
Search Icon

भजनसंग्रह 142

142
सङ्कष्‍टमा सहायताको लागि प्रार्थना #१ शमू २२:१; २४:३
गुफामा हुँदा दाऊदको मस्‍किल
1उच्‍च सोरले म परमप्रभुलाई पुकार्छु, दयाको निम्‍ति परमप्रभुमा म आफ्‍नो आवाज उचाल्‍छु।
2उहाँको समक्ष म आफ्‍नो उजूर टक्र्याउँछु, उहाँमा नै म आफ्‍नो दु:ख पोखाउँछु।
3जब मेरो आत्‍मा मभित्र शिथिल हुन्‍छ, तपाईं नै हुनुहुन्‍छ जसले मेरो बाटो जान्‍नुहुन्‍छ। म हिँड्‌ने बाटोमा मानिसहरूले मेरो निम्‍ति पासो थापेका छन्‌।
4मेरो दाहिनेतिर दृष्‍टिपात गर्नुहोस्‌, मेरो फिक्री गर्ने कोही पनि छैन। मेरो शरणस्‍थान कहीँ छैन।
कसैले मेरो वास्‍ता गर्दैन।
5हे परमप्रभु, म तपाईंमा पुकारा गर्छु। म भन्‍छु, “तपाईं मेरो शरणस्‍थान,
र जीवितहरूको देशमा मेरो भाग हुनुहुन्‍छ।”
6मेरो पुकारा सुनिदिनुहोस्‌, किनकि म ठूलो अभावमा परेको छु। मलाई खेद्‌नेहरूबाट बचाउनुहोस्‌, किनकि तिनीहरू मेरो निम्‍ति साह्रै बलिया छन्‌।
7मेरो कैदबाट मलाई छुटकारा दिनुहोस्‌,
र म तपाईंको प्रशंसा गर्न सकूँ। तब मप्रति गर्नुभएको भलाइले गर्दा धर्मीजनहरू मेरो चारैतिर एकत्र हुनेछन्‌।

Highlight

Copy

Compare

Share

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Videos for भजनसंग्रह 142