भजनसंग्रह 138
138
धन्यवादको प्रार्थना
दाऊदको भजन
1हे परमप्रभु, म आफ्नो सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, “देवताहरू” का सामुन्ने म त तपाईंको प्रशंसा गर्नेछु।
2म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु,
र तपाईंको करुणा र विश्वसनीयताको निम्ति तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनभने तपाईंले आफ्नो नाउँ र आफ्नो वचन सबै कुरामाथि उच्च पार्नुभएको छ।
3जब मैले तपाईंलाई पुकारें, तपाईंले मलाई जवाफ दिनुभयो। तपाईंले मलाई साहसी र आँटिलो पार्नुभयो।
4तपाईंको मुखका वचन सुन्दा, हे परमप्रभु, पृथ्वीका समस्त राजाहरूले तपाईंको प्रशंसा गरून्।
5तिनीहरूले परमप्रभुका मार्गहरूको जयजयकार गरून्, किनकि परमप्रभुको महिमा महान् छ।
6परमप्रभु अति उच्चमा विराजमान हुनुभए तापनि उहाँले नम्रहरूमाथि दृष्टि गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई उहाँले टाढ़ैबाट चिन्नुहुन्छ।
7म सङ्कटमय मार्गमा हिँड़े तापनि तपाईंले मेरो प्राणको सुरक्षा गरिदिनुहुन्छ। मेरा शत्रुहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढ़ाउनुहुन्छ, आफ्नो दाहिने बाहुलीले मलाई बचाउनुहुन्छ।
8परमप्रभुले मेरो लागि उहाँको अभिप्राय पूरा गर्नुहुनेछ, तपाईंको करुणा, हे परमप्रभु, सदाको निम्ति रहिरहन्छ— तपाईंका हातको रचनालाई नत्याग्नुहोस्।
Currently Selected:
भजनसंग्रह 138: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012