YouVersion Logo
Search Icon

भजनसंग्रह 132

132
मन्‍दिरको लागि प्रार्थना
यात्राको गीत
1हे परमप्रभु, दाऊदलाई स्‍मरण गर्नुहोस्‌, अनि तिनले भोगेका सबै विपत्तिहरू सम्‍झनुहोस्‌।
2तिनले परमप्रभुको नाउँमा शपथ खाए,
र याकूबका सर्वशक्तिमान्‌को नाउँमा भाकल गरे,
3“म तबसम्‍म आफ्‍नो घरभित्र प्रवेश गर्नेछैनँ, न ओछ्यानमा लेट्‍न जानेछु!
4मेरा आँखामा म निद्रा आउन दिनेछैनँ, अनि आफ्‍ना पलकहरूलाई झिमिक्‍क पनि हुन दिनेछैनँ,
5जबसम्‍म परमप्रभुको निम्‍ति एउटा स्‍थान, याकूबका सर्वशक्तिमान्‌को निम्‍ति एउटा निवासस्‍थान म भेट्टाउँदिनँ।”
6एप्रातामा हामीले त्‍यसको विषयमा सुन्‍यौं,#२ इति ६:४१-४२ हामीले याआरको मैदानमा त्‍यो भेट्टायौं:
7“हामी उहाँको वासस्‍थानमा जाऔं, हामी उहाँको पाउदानमा आराधना गरौं।
8हे परमप्रभु, उठ्‌नुहोस्‌, तपाईं र तपाईंका शक्तिको सन्‍दूकसहित, र तपाईंको विश्रामस्‍थानमा आउनुहोस्‌।
9तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्‍त्र धारण गरून्‌,
र तपाईंका पवित्र जनहरू आनन्‍दले जयजयकार गरून्‌।”
10तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्‍कार नगर्नुहोस्‌।
11परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो,#२ शमू ७:१२-१६; १ इति १७:११-१४; भज ८९:३-४; प्रे २:३० जसबाट उहाँ तर्किनुहुन्‍न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्‍ये एक जनालाई बसाल्‍नेछु।
12यदि तेरा छोराहरूले मेरो करार,
र मैले तिनीहरूलाई सिकाएका मेरा कानूनहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदाको निम्‍ति
तेरो सिंहासनमा बस्‍नेछन्‌।”
13किनभने परमप्रभुले सियोनलाई छान्‍नुभएको छ, उहाँले त्‍यसलाई आफ्‍नो निवासको निम्‍ति चाहनुभएको छ।
14“यो सदाकालको निम्‍ति मेरो विश्रामस्‍थान हो, म यहाँ सिंहासनमा बस्‍नेछु, किनकि मैले यही चाहेको छु।
15म यसको अन्‍नपानीमा प्रशस्‍त आशीर्वाद दिनेछु,
र यसका गरीबहरूलाई म रोटीले तृप्‍त गराउनेछु।
16यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्‍त्र पहिराउनेछु,
र यसका पवित्र जनहरू आनन्‍दले सधैँ जयजयकार गर्नेछन्‌।
17 # १ राज ११:३६ “यहाँ म दाऊदको निम्‍ति एउटा सीङ#132:17 “सीङ” को अर्थ “शक्तिशाली जन” हो। उत्‍पन्‍न गर्नेछु,
र मेरो अभिषिक्तको निम्‍ति एउटा बत्ती तयार गर्नेछु।
18म त्‍यसका शत्रुहरूलाई शर्मको वस्‍त्र पहिराउनेछु, तर त्‍यसका शिरको मुकुट प्रकाशमय हुनेछ।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 132