हितोपदेश 18
18
1अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्यसले सबै उचित ठहरको खुला विरोध गर्छ।
2मूर्खले समझदारीमा सन्तुष्टि पाउँदैन, तर आफ्नै विचारहरू पोख्न पाए त्यो प्रसन्न हुन्छ।
3जब दुष्टता आउँछ, तब अवहेलना पनि आउँछ। शर्मको साथसाथै अपमान पनि आइपर्छ।
4मानिसको मुखका वचनहरू गहिरा पानीजस्तै हुन्, तर बुद्धिको फुहाराचाहिँ बुल्बुले खोला हो।
5दुष्टको पक्ष लिनु, अथवा निर्दोषलाई न्यायबाट वञ्चित गराउनु राम्रो होइन।
6मूर्खका ओठले आफैमाथि कलह ल्याउँछन्,
र त्यसको मुखले पिटाइ निम्त्याउँछ।
7मूर्खको मुख नै त्यसको सर्वनाश हो, अनि त्यसका ओठचाहिँ आफ्नै प्राणको पासो हुन्छन्।
8कुरौटेका वचनहरू स्वादिष्ठ गाँसजस्तै हुन्छन्, ती मानिसको भित्री भागसम्मै पुग्छन्।
9आफ्नो काम गर्नमा ढिलो गरिरहने व्यक्ति सर्वनाश गर्नेको भाइ जत्तिकै हो।
10परमप्रभुको नाउँ एक बलियो धरहरा हो, धर्मीहरू त्यहाँ दगुर्दै जान्छन् र सुरक्षित हुन्छन्।
11धनीको सम्पत्ति नै तिनीहरूको लागि किल्लाबन्दी गरिएको सहर हो, तिनीहरू यसलाई चढ्नै नसकिने पर्खाल ठान्छन्।
12आफ्नो पतनको अघि मानिसको हृदय घमण्डी हुन्छ, तर आदर आउन अघि नम्रता आउँछ।
13जसले सुन्न अघि नै जवाफ दिन्छ, त्यो त्यसको मूर्खता र शर्म हो।
14मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर चूर्ण भएको आत्माको पीडा कसले सहन सक्ला?
15विवेकीको हृदयले ज्ञान प्राप्त गर्छ, बुद्धिमान्को कानले त्यो खोजी निकाल्छ।
16उपहारले दाताको निम्ति बाटो खोलिदिन्छ,
र त्यसलाई महान् व्यक्तिको उपस्थितिमा पुर्याउँछ।
17दोस्रो व्यक्ति अघि सरेर प्रश्नहरू नगरुञ्जेल, मुद्दा हाल्ने पहिलो व्यक्ति नै ठीक देखा पर्छ।
18गोला हाल्नाले कलह थामिन्छ,
र बलिया प्रतिद्वन्द्वीहरू अलग हुन्छन्।
19किल्लाबन्दी गरिएको सहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह्रो हो,
र कलहहरूचाहिँ आग्लो लाएको किल्लाका ढोकाहरूजस्तै हुन्।
20आफ्नो मुखको फलले मानिसको पेट भरिएको हुन्छ, त्यसका ओठद्वारा हुने फसलले त्यो सन्तुष्ट हुन्छ।
21जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ।
22पत्नी पाउनेले असल कुरा पाउँछ,
र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।
23गरीबले दयाको लागि बिन्तीभाउ गर्छ, तर धनी मानिसले रुखो जवाफ दिन्छ।
24धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै-कुनै मित्रचाहिँ दाजुभाइभन्दा नजिक टाँसिन्छ।
Currently Selected:
हितोपदेश 18: NNRV
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: