गन्ती 7
7
पवित्र वासस्थानका समर्पणको दिनमा चढाइएका भेटीहरू
1मोशाले पवित्र वासस्थान खड़ा गरिसकेपछि, त्यसलाई र त्यसका सबै सरसामानहरू, र साथै वेदी र त्यसका सबै भाँड़ाकुँड़ाहरू अभिषेक गरी अर्पण गरे। 2तब इस्राएलका गणना भएका नेताहरू, अर्थात् कुलनायकहरू र परिवारका मुखियाहरूले आ-आफ्नो बलि चढ़ाए। 3तिनीहरूले परमप्रभुको सामुन्ने छ वटा छोपिएका गाड़ाहरू र बाह्र वटा गोरु, दुई-दुई कुलनायकका निम्ति एक-एक गाड़ा र नायकैपिच्छे एक-एक गोरुको आ-आफ्नो बलि ल्याएर पवित्र वासस्थानको सामुन्ने प्रस्तुत गरे।
4तब परमप्रभुले मोशालाई भन्नुभयो, 5“तिनीहरूबाट ती ग्रहण गर्, र भेट हुने पालको काममा ती प्रयोग गरिऊन्। लेवीहरूलाई आ-आफ्नो कामअनुसार ती तैंले दिनू।”
6तब मोशाले ती गाड़ाहरू र गोरुहरू लिएर लेवीहरूलाई दिए। 7दुई वटा गाड़ा र चार वटा गोरु तिनले तिनीहरूको कामअनुसार गेर्शोनीहरूलाई दिए। 8चार वटा गाड़ा र आठ वटा गोरु हारून पूजाहारीका छोरा ईतामारको अधीनमा काम गर्ने मरारीहरूलाई तिनीहरूको कामअनुसार तिनले दिए। 9तर कहातीहरूलाई तिनले केही पनि दिएनन्, किनभने आफ्ना काँधमा पवित्र वस्तुहरू बोक्ने जिम्मेवारी तिनीहरूको थियो।
10वेदी अभिषेक भएको दिन कुलनायकहरूले त्यसको अर्पण-कार्यमा आफ्ना भेटीहरू ल्याएर वेदीको सामु प्रस्तुत गरे। 11किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “वेदीका अर्पण-कार्यको निम्ति हरेक दिन कुलनायकमा एक जनाले आफ्नो भेटी चढ़ाओस्।”
12पहिलो दिन भेटी चढ़ाउनेमा यहूदाको कुलका अम्मीनादाबका छोरा नहशोन थिए।
13तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल#7:13 अर्थात् करीब 1.5 किलोग्राम चाँदीको एउटा थाल, सत्तरी शेकेल#7:13 अर्थात् करीब 0.8 किलोग्राम चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 14धूपले भरिएको दश शेकेल#7:14 अर्थात् करीब 11.5 ग्राम सुनको एउटा धुपौरो, 15होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 16पापबलिको निम्ति एउटा बोका, 17र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्मीनादाबका छोरा नहशोनको भेटी यही थियो।
18दोस्रो दिन इस्साखारका कुलनायक सूआरका छोरा नतनेलले आफ्नो भेटी ल्याए।
19तिनले ल्याएको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 20धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 21होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 22पापबलिको निम्ति एउटा बोका, 23र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूआरका छोरा नतनेलको भेटी यही थियो।
24तेस्रो दिन जबूलूनका कुलनायक हेलोनका छोरा एलीआबले आफ्नो भेटी ल्याए। 25तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 26धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 27होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 28पापबलिको निम्ति एउटा बोका, 29र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। हेलोनका छोरा एलीआबको भेटी यही थियो।
30चौथो दिन रूबेनका कुलनायक शदेऊरका छोरा एलीसूरले आफ्नो भेटी ल्याए। 31तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 32धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 33होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 34पापबलिको निम्ति एउटा बोका, 35र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। शदेऊरका छोरा एलीसूरको भेटी यही थियो।
36पाँचौँ दिन शिमियोनका कुलनायक सूरीशद्दैका छोरा शलूमीएलले आफ्नो भेटी ल्याए।
37तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 38धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 39होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 40पापबलिको निम्ति एउटा बोका, 41र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूरीशद्दैका छोरा शलूमीएलको भेटी यही थियो।
42छैटौँ दिन गादका कुलनायक दूएलका छोरा एल्यासापले आफ्नो भेटी ल्याए।
43तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 44धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 45होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 46पापबलिको निम्ति एउटा बोका, 47र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। दूएलका छोरा एल्यासापको भेटी यही थियो।
48सातौँ दिन एफ्राइमका कुलनायक अम्मीहूदका छोरा एलीशामाले आफ्नो भेटी ल्याए।
49तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 50धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 51होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 52पापबलिको निम्ति एउटा बोका, 53र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका, र पाँच वटा एक वर्षे थुमा। अम्मीहूदका छोरा एलीशामाको भेटी यही थियो।
54आठौँ दिन मनश्शेका कुलनायक पदासूरका छोरा गमलिएलले आफ्नो भेटी ल्याए।
55तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 56धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 57होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 58पापबलिको निम्ति एउटा बोका, 59र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। पदासूरका छोरा गमलिएलको भेटी यही थियो।
60नवौँ दिन बेन्यामीनका कुलनायक गिदेओनीका छोरा अबीदानले आफ्नो भेटी ल्याए।
61तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 62धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 63होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 64पापबलिको निम्ति एउटा बोका, 65र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। गिदेओनीका छोरा अबीदानको भेटी यही थियो।
66दशौँ दिन दानका कुलनायक अम्मीशद्दैका छोरा अहीएजेरले आफ्नो भेटी ल्याए।
67तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 68धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 69र होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 70पापबलिको निम्ति एउटा बोका, 71मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। अम्मीशद्दैका छोरा अहीएजेरको भेटी यही थियो।
72एघारौँ दिन आशेरका कुलनायक ओक्रानका छोरा पगीएलले आफ्नो भेटी ल्याए।
73तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 74धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 75होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 76पापबलिको निम्ति एउटा बोका, 77र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। ओक्रानका छोरा पगीएलको भेटी यही थियो।
78बाह्रौँ दिन नप्तालीका कुलनायक एनानका छोरा अहीराले आफ्नो भेटी ल्याए।
79तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए— 80धूपले भरिएको दश शेकेल सुनको एउटा धुपौरो, 81होमबलिको निम्ति एउटा बाछो, एउटा भेड़ा र एउटा एक वर्षे थुमा, 82पापबलिको निम्ति एउटा बोका, 83र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। एनानका छोरा अहीराको भेटी यही थियो।
84वेदीका अभिषेकको दिन त्यसको अर्पण-कार्यमा इस्राएलका कुलनायकहरूले चढ़ाएका भेटी यी नै थिए: बाह्र वटा चाँदीका थाल, बाह्र वटा चाँदीका छर्कने बाटा, र बाह्र वटा सुनका धुपौरा। 85प्रत्येक चाँदीको थाल एक सय तीस शेकेल तौलको र प्रत्येक चाँदीको छर्कने बाटा सत्तरी शेकेल तौलको थियो। भाँड़ाकुँड़ाहरूको जम्मै चाँदीको तौल पवित्रस्थानको शेकेलबमोजिम दुई हजार चार सय शेकेल#7:85 अर्थात् करीब 28 किलोग्राम थियो। 86धूपले भरिएका सुनका बाह्र वटा धुपौरा, पवित्रस्थानबमोजिम प्रत्येक दश-दश शेकेलको सबै धुपौराको सुन १२० शेकेल#7:86 अर्थात् करीब 1.4 किलोग्राम तौलको थियो। 87होमबलिको निम्ति, तिनका अन्नबलिसमेत, बाह्र वटा साँढ़े, बाह्र वटा भेड़ा र बाह्र वटा एक वर्षे थुमा थिए र पापबलिको निम्ति बाह्र वटा बोका थिए। 88अनि मेल-बलिको निम्ति चाहिँ सबै पशुहरू गरी जम्मा चौबीस वटा साँढ़े, साठी वटा भेड़ा, साठी वटा बोका र साठी वटा एक वर्षे थुमा थिए। वेदीको अभिषेक भएपछि त्यसको अर्पण-कार्यको भेटी यही थियो।
89जब मोशा भेट हुने पालमा परमप्रभुसित कुरा गर्न भित्र गए, तब गवाहीको सन्दूकमा रहेको कृपा-आसनमाथिका दुई करूबहरूका बीचबाट तिनले आफूसँग बोलिरहनु भएको वाणी सुने। अनि परमप्रभु तिनीसित बोल्नुभयो।
Currently Selected:
गन्ती 7: NNRV
Highlight
Copy
Compare
Share
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012