YouVersion Logo
Search Icon

मर्कूस 16

16
येशूको पुनरुत्‍थान
मत्ती २८:१-८; लूका २४:१-१२; यूहन्‍ना २०:१-१०
1शबाथ-दिन बितेपछि मरियम मग्‍दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्‍धित द्रव्‍य येशूको शरीरमा घस्‍नलाई किने। 2साताको पहिलो दिनमा बिहानै घाम झुल्‍कँदा तिनीहरू चिहानमा गए। 3अनि तिनीहरूले आपसमा भने, “हाम्रा निम्‍ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला?
4अनि मास्‍तिर हेर्दा तिनीहरूले चिहानको त्‍यो ढुङ्गा हटाइराखेको देखे। त्‍यो ढुङ्गा खूब ठूलो थियो। 5अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्‍त्र लाएको एक जना जवान मानिसलाई दाहिनेपट्टि बसिरहेको देखे, र तिनीहरू आश्‍चर्यचकित भए।
6तर उनले तिनीहरूलाई भने, “आश्‍चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्‍दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्‌नुभएको छ। उहाँ यहाँ हुनुहुन्‍न। उहाँलाई राखेको ठाउँ हेर। 7जाओ, र उहाँका चेलाहरू र पत्रुसलाई भनिदेओ कि उहाँ तिमीहरूका अगिअगि गालीलमा जाँदैहुनुहुन्‍छ। उहाँले तिमीहरूलाई भन्‍नुभएबमोजिम तिमीहरू उहाँलाई त्‍यहाँ देख्‍नेछौ।” #मत्ती २६:३२; मर्क १४:२८
8तिनीहरू निस्‍केर चिहानबाट दौड़े, किनकि डर र आश्‍चर्यले तिनीहरू कामिरहेका थिए। अनि तिनीहरूले कसैलाई केही भनेनन्, किनकि तिनीहरू डराएका थिए।
प्रभु येशूले चेलाहरूलाई दर्शन दिनुभएको
मत्ती २८:९-२०; लूका २४:१३-५३; यूहन्‍ना २०:११-२३; प्रेरित १:४-११
9[हप्‍ताको पहिलो दिनको बिहानै उहाँ जीवित भई उठ्‌नुभएपछि उहाँ पहिले मरियम मग्‍दलिनीकहाँ देखा पर्नुभयो। तिनीबाट येशूले सात वटा भूतहरू निकाल्‍नुभएको थियो। 10मरियमले गएर उहाँका चेलाहरूलाई यो खबर दिइन्‌। तिनीहरू विलाप गर्दै रोइरहेका थिए। 11तर जब येशू जीवित हुनुभयो र मरियमकहाँ देखा पर्नुभयो भन्‍ने कुरा तिनीहरूले सुने, तब तिनीहरूले पत्‍याएनन्‌।
12त्‍यसपछि दुई चेलाहरू गाउँतिर गइरहेको बेला तिनीहरूकहाँ उहाँ अर्को रूपमा देखा पर्नुभयो। 13अनि तिनीहरू फर्केर गई अरूहरूलाई बताए। तर तिनीहरूले उनीहरूलाई पनि विश्‍वास गरेनन्‌।
14पछिबाट उहाँ एघार चेलाहरूकहाँ तिनीहरू भोजनमा बसेको बेला देखा पर्नुभयो। अनि तिनीहरूको अविश्‍वास र हृदयका कठोरताको लागि उहाँले तिनीहरूलाई हप्‍काउनुभयो। किनभने उहाँ मृतकबाट जीवित भई उठ्‌नुभएपछि उहाँलाई देख्‍नेहरूका कुरा तिनीहरूले विश्‍वास गरेका थिएनन्‌।
15अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर। #प्रे १:८ 16विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ। 17विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्‌— मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्‍नेछन्, 18तिनीहरूले सर्पहरू समात्‍नेछन्‌ र कुनै विषालु कुरा पिए तापनि कुनै किसिमले त्‍यसले तिनीहरूको हानि गर्नेछैन। तिनीहरूले रोगीहरूमाथि आफ्‍ना हात राख्‍नेछन्‌ र तिनीहरू निको हुनेछन्‌।
19तब यसरी तिनीहरूसँग बोलिसक्‍नुभएपछि प्रभु येशू स्‍वर्गारोहण हुनुभयो, र परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।#प्रे १:९-११ 20अनि ती चेलाहरूले गएर सबै ठाउँमा प्रचार गरे। प्रभुले तिनीहरूका साथमा काम गर्दैरहनुभयो, र चिन्‍हहरूद्वारा वचनलाई सुदृढ़ पार्नुभयो। आमेन।]

Currently Selected:

मर्कूस 16: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy