YouVersion Logo
Search Icon

मलाकी पुस्‍तक परिचय

पुस्‍तक परिचय
मलाकीको अर्थ हो “मेरो सन्देशवाहक”। मलाकीले ४३०-४०० ई.पू. सम्म यहूदाको लागि भविष्यवक्ताको सेवा गरे अर्थात्‌ कोरेस राजाले ५३८ ई.पू. मा यहूदीहरूको यरूशलेममा जाने आदेश गरेको करिव १०० वर्ष पछि। मलाकीको समयसम्ममा यरूशलेम सहरको पर्खालको पुनर्निर्माण भइसकेको थियो। यस समयमा यहूदीहरू फारसको राजनैतिक अधिकारमुनि अझै बस्‍नु परेको थियो। धेरै मानिसहरूको हृदय परमेश्‍वरदेखि टाढा भएका र उहाँप्रति दु:खित थिए। सर्वसाधारण मानिसहरू र पूजाहारीहरूले मोशाको व्यवस्थामा उल्‍लेखित बलिदान, दशांश र भेटीहरूलाई उल्‍लङ्घन गरेका थिए। यही समयमा मलाकीले परमेश्‍वरको वाणी यहूदाका मानिसहरू माझ ल्याए। यस पुस्तकमा मुख्य गरी मलाकीले परमेश्‍वरका जनहरूले लगातार पाप गर्नबाट फर्कन कठोर चेताउनीका साथै मसीहको आगमनको बाटो तयार पार्न परमेश्‍वरको सन्देशवाहक बप्‍तिस्‍मा-दिने यूहन्‍ना बारे पनि भविष्‍यवाणी गरेका थिए।
यस पुस्तक निम्‍न लिखित ५ मुख्य खण्‍डहरूमा विभाजित छन्‌:
१. अध्याय: १:१-५ परमेश्‍वरबाट इस्राएलको चुनाव
२. अध्याय: १:६—२:१७ इस्राएलको पापको लागि दण्ड
३. अध्याय: ३:१-६ परमेश्‍वरको सन्देशवाहकको आगमन
४. अध्याय: ३:७-१५ इस्राएलप्रति परमेश्‍वरको दोषको सारांश
५. अध्याय: ३:१६—४:६ परमप्रभुको दिनमा न्यायको निश्‍चयता

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy