YouVersion Logo
Search Icon

यशैया 12

12
प्रशंसाका भजनहरू
1त्‍यस दिन तिमीहरू भन्‍नेछौ,
“हे परमप्रभु, म तपाईंको प्रशंसा गर्नेछु, तपाईं रिसाउनुभए तापनि तपाईंको रीस अब मर्‍यो,
र तपाईंले अब मलाई सान्‍त्‍वना दिनुभएको छ।
2निश्‍चय नै परमेश्‍वर मेरा उद्धार हुनुहुन्‍छ। #प्रस १५:२; भज ११८:१४ म विश्‍वास गर्नेछु र म डराउनेछैनँ। परमप्रभु, परमप्रभु नै मेरा शक्ति र भजन हुनुहुन्‍छ। उहाँ नै मेरा उद्धार हुनुभएको छ।”
3आनन्‍दसित तिमीहरूले उद्धारको इनारबाट पानी भर्नेछौ।
4त्‍यस दिन तिमीहरूले भन्‍नेछौ,
“परमप्रभुलाई धन्‍यवाद देओ। उहाँको नाउँको पुकारा गर। उहाँले के गर्नुभएको छ जाति-जातिहरूका बीचमा प्रचार गर। अनि उहाँको नाउँ उच्‍च पारिएको छ भनी घोषणा गर।
5परमप्रभुको भजन गाओ, किनकि उहाँले महिमापूर्ण कामहरू गर्नुभएको छ। सारा पृथ्‍वीले यो कुरा जानून्‌।
6हे सियोनका मानिस हो, उच्‍च सोरले कराओ, र आनन्‍दले गाओ,
किनकि तिमीहरूका बीचमा इस्राएलका परमपवित्र महान्‌ हुनुहुन्‍छ।”

Currently Selected:

यशैया 12: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy