YouVersion Logo
Search Icon

यशैया 10

10
1धिक्‍कार तिनीहरूलाई, जसले अन्‍यायी व्‍यवस्‍था बनाउँछन्, तिनीहरूलाई जसले अत्‍याचारी विधि निकाल्‍छन्‌। 2गरीबहरूका हक खोस्‍न र थिचोमिचोमा परेका मेरा प्रजाहरूका न्‍याय नगर्न, विधवाहरूलाई शिकार बनाउन र टुहुरा-टुहुरीहरूका धन लुट्‌नलाई तिनीहरूले यसो गर्छन्‌। 3लेखा दिनुपर्ने दिन र टाढ़ाबाट आउने आपत्ति आउँदा तिमीहरू के गर्नेछौ? तिमीहरू सहायताको निम्‍ति कसकहाँ जानेछौ? तिमीहरू आफ्‍ना धनहरू कहाँ छोड्‌नेछौ? 4कैदीहरूका साथसाथै खुम्‍चिनु र मारिएकाहरूका माझमा लोट्‌नुबाहेक अरू केही रहनेछैन।
यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
अश्‍शूरमाथि परमेश्‍वरको इन्‍साफ
5“धिक्‍कार अश्‍शूरीलाई, मेरो रीसको लाठो, जसको हातमा मेरो क्रोधको लहुरो छ! #यशै १४:२४-२७; नहे १:१—३:१९; सप २:१३-१५ 6लूटको माल खोस्‍न र लूटपीट गरी ध्‍वस्‍त गर्न र सड़कहरूको हिलोझैँ कुल्‍चीमिल्‍ची गर्नलाई ईश्‍वर नमान्‍ने जाति तथा मलाई रीस उठाउने मानिसहरूको विरुद्धमा मैले त्‍यसलाई हतपतसाथ पठाएको छु। 7तर त्‍यसको यस्‍तो इच्‍छा छैन। त्‍यसको मनमा यस्‍तो विचार छैन। तर त्‍यसको अभिप्राय त सर्वनाश गर्ने, र धेरै जातिहरूलाई खतम गरिदिने विचार छ। 8त्‍यसले भन्‍छ, ‘के मेरा सेनापतिहरू सबै राजा होइनन्‌ र? 9के कल्‍नोले कर्कमीशजस्‍तै भोगेन र? के हमात अर्पादजस्‍तै र सामरिया दमस्‍कसजस्‍तै छैन र? 10जसरी मेरो हातले मूर्तिहरूका राज्‍यहरूलाई कब्‍जा गर्‍यो, जसको खोपेर बनाएका मूर्तिहरू यरूशलेम र सामरियाका मूर्तिहरूभन्‍दा धेरै थिए, 11त के मैले सामरिया र त्‍यसका मूर्तिहरूलाई व्‍यवहार गरेझैँ यरूशलेम र त्‍यसका मूर्तिहरूलाई व्‍यवहार नगर्ने’?”
12जब परमप्रभुले सियोन पर्वत र यरूशलेमको विरुद्धमा आफ्‍ना सारा काम गरिसक्‍नुहुन्‍छ, तब उहाँले भन्‍नुहुनेछ, “म अश्‍शूरका राजाको हृदयको स्‍वेच्‍छाचारी अभिमान र घमण्‍डी आँखाको कारण त्‍यसलाई दण्‍ड दिनेछु। 13किनकि त्‍यसले भन्‍छ, ‘मेरै हातको बल र मेरै बुद्धिमानीले मैले यो गरेको हुँ, किनकि मेरो समझशक्ति छ। मैले जाति-जातिको सिमाना हटाएँ, र तिनीहरूका भण्‍डारहरू लुटेको छु। एउटा पराक्रमी व्‍यक्तिझैँ मैले तिनीहरूका राजाहरूलाई दमन गरेको छु। 14कसैले चराको गुँड़मा हात लम्‍काएझैँ मेरो हात जाति-जातिहरूका धन-सम्‍पत्तिसम्‍म पुगेको छ। छोड़िराखेका अण्‍डालाई कसैले बटुलेझैँ मैले सबै देशहरूलाई बटुलें। तर त्‍यहाँ कसैले एउटै पखेटा चलाएन अथवा चूँ-चूँ चीँ-चीँ कसैले गरेन’।”
15के बन्‍चरोले त्‍यसलाई चलाउनेको विरुद्धमा आफूलाई उच्‍च पार्छ? अथवा के आराले त्‍यसलाई चलाउनेको विरुद्धमा आफ्‍नो बड़प्‍पन देखाउँछ? यो त लहुरो आफैले पो त्‍यसलाई उठाउनेलाई मच्‍चाएझैँ, अथवा लहुरो आफैले त्‍यसलाई उठाउने मानिस, जो काठ होइन, उसलाई मच्‍चाएझैँ हुन्‍छ! 16यसैकारण परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले त्‍यसका बलिया योद्धाहरूका बीचमा सोतर पार्ने रोग पठाउनुहुनेछ, र त्‍यसको गौरवमुनि दन्‍केको आगो सल्‍कनेछ। 17इस्राएलका ज्‍योति आगो र त्‍यसका परमपवित्र ज्‍वाला हुनुहुनेछ, र त्‍यसले त्‍यसका काँढ़ा र सिउँड़ीहरू एकै दिनमा जलाएर भस्‍म पार्नेछ। 18त्‍यसका वन र मलिला खेतको शोभा सम्‍पूर्ण रीतिले भस्‍म हुनेछ। त्‍यो रोगले सुक्‍दैगएको मानिसझैँ हुनेछ। 19त्‍यसका वनका बचेका रूखहरूचाहिँ यति थोरै हुनेछन्‌ कि एउटा बालकले पनि ती गनेर लेख्‍न सक्‍छ।
इस्राएलको बाँकी भाग
20त्‍यो दिन इस्राएलका बचेको भाग, याकूबका घरानाका बाँचेकाहरूले फेरि आफूलाई प्रहार गर्नेमाथि भर पर्नेछैनन्, तर इस्राएलका परमपवित्र अर्थात्‌ परमप्रभुमाथि नै साँच्‍चै भर पर्नेछन्‌। 21बचेका भाग, अर्थात्‌ याकूबको बचेको भाग शक्तिशाली परमेश्‍वरतर्फ फर्कनेछ। 22हे इस्राएल, तिमीहरूका मानिसहरू समुद्रका बालुवाझैँ भए तापनि केवल एउटै बचेको भाग मात्र फर्कनेछ। सर्वनाश त प्रचुरता र धार्मिकतासित ठहराइएको छ। #रोम ९:२७ 23परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले सारा देशमाथि ठहराएअनुसारको सर्वनाश ल्‍याउनुहुनेछ।
24यसैकारण परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “हे सियोनमा बस्‍ने मेरा प्रजा हो, अश्‍शूरीहरूसित नडराओ, जसले तिमीहरूलाई एउटा लाठोले हिर्काए र मिश्रले गरेझैँ एउटा लहुरो तिमीहरूका विरुद्धमा चलाए। 25तिमीहरूको विरुद्धमा उठेको मेरो रीस चाँड़ै शान्‍त हुनेछ, र तिनीहरूका सर्वनाशको निम्‍ति मेरो क्रोध तिनीहरूतिर फर्कनेछ।”
26सर्वशक्तिमान्‌ परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई हिर्काएर लड़ाएजस्‍तै तिनीहरूलाई एउटा कोर्राले पिट्‌नुहुनेछ। उहाँले मिश्रदेशमा उठाएझैँ आफ्‍नो लहुरो पानीमाथि उठाउनुहुनेछ। 27त्‍यो दिन तिनीहरूको बोझा तिमीहरूका काँधबाट, र तिनीहरूको जुवा तिमीहरूका घिच्राबाट उठाइनेछ, र तिमीहरू मोटाएको कारण जुवा भाँचिनेछ।
28तिनीहरू अय्‍यातभित्र पस्‍छन्‌। तिनीहरू मिग्रोनबाट भएर जान्‍छन्‌। मिकमाशमा तिनीहरूले आफ्‍नो सामान सञ्‍चय गर्छन्‌। 29तिनीहरू घाटीबाट भएर जान्‍छन्‌ र भन्‍छन्, “हामी गेबामा वास बस्‍नेछौं।” रामा थरथराउँछ, शाऊलको गिबा भाग्‍छ। 30हे गल्‍लीमकी छोरी, आफ्‍नो उच्‍च सोरले करा! ए लैशा, ध्‍यान दिएर सुन्‌! बिचरा अनातोत! 31मदमेना भगुवा भएको छ, गेबीमका मानिसहरू लुक्‍छन्‌। 32आज नै नोबमा तिनीहरू अड़िनेछन्‌। सियोनकी छोरीको पर्वत, यरूशलेमको डाँड़ामा तिनीहरूले मुक्‍का देखाउनेछन्‌।
33हेर, परमप्रभु, सर्वशक्तिमान्‌ परमप्रभुले ठूलो शक्तिले ससाना हाँगाहरू लाछ्‌नुहुनेछ। त्‍यसका अल्‍गा-अल्‍गा रूखहरू ढालिनेछन्, र अल्‍गाहरू होच्‍याइनेछन्‌। 34उहाँले वनका झाड़ीहरूलाई बन्‍चरोले काट्‌नुहुनेछ, र पराक्रमी जनको सामुन्‍ने लेबनान ढल्‍नेछ।

Currently Selected:

यशैया 10: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy