YouVersion Logo
Search Icon

होशे 1

1
होशेका पत्‍नी र छोराछोरी
1यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामका शासनकालमा बेरीको छोरो होशेकहाँ आएको परमप्रभुको वचन: #२ राज १४:२३—१५:७; १५:३२—१६:२०; १८:१—२०:२१; २ इति २६:१—२७:८; २८:१—३२:३३
2जब परमप्रभु होशेद्वारा बोल्‍न लाग्‍नुभयो, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, गएर एउटी व्‍यभिचारिणीलाई विवाह गर्, र त्‍यसको विश्‍वासघातबाट पैदा भएका सन्‍तानलाई आफ्‍ना बना, किनभने यस देशले परमप्रभुलाई त्‍यागेर अति घोर व्‍यभिचारको दोषी भएको छ।” 3यसैले तिनी गएर दिब्‍लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्‍यसले गर्भवती भएर तिनीबाट एक जना छोरा जन्‍माई।
4तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाउँ यिजरेल राख्, किनभने चाँड़ै म येहूको घरानालाई यिजरेलमा भएको रक्तपातबापत दण्‍ड दिनेछु, र इस्राएलको राज्‍य अन्‍त्‍य गरिदिनेछु। #२ राज १०:११ 5त्‍यस दिन म इस्राएलको धनु यिजरेलको बेँसीमा भाँचिदिनेछु।”
6गोमेरले फेरि गर्भवती भएर एउटी छोरी जन्‍माई। तब परमप्रभुले होशेलाई भन्‍नुभयो, “त्‍यसको नाउँ लो-रूहामा#1:6 “लो-रूहामा” को अर्थ “प्रिय नभएको” हो। राख्, किनकि इस्राएलको घरानालाई टिठ्याएर म तिनीहरूलाई फेरि-फेरि क्षमा गर्नेछैनँ। 7तर म यहूदाको घरानालाई टिठ्याउनेछु। धनु, तरवार, लड़ाइँ, घोड़ा र घोड़चढ़ीहरूद्वारा म तिनीहरूलाई उद्धार गर्नेछैनँ, तर परमप्रभु तिनीहरूका परमेश्‍वरद्वारा नै म तिनीहरूको उद्धार गर्नेछु।”
8जब त्‍यसले लो-रूहामाको दूध छोड़ाई, तब फेरि गर्भवती भएर गोमेरले अर्को एक जना छोरा जन्‍माई। 9तब परमप्रभुले भन्‍नुभयो, “त्‍यसको नाउँ लो-अम्‍मी#1:9 “लो-अम्मी” को अर्थ “मेरो प्रजा नभएको” हो। राख्, किनकि तिमीहरू मेरा प्रजा होइनौ, र म तिमीहरूका परमेश्‍वर होइनँ।
10“तरै पनि इस्राएलीहरूको संख्‍या समुद्रको किनारका बालुवाझैँ हुनेछ, जसलाई न त नाप्‍न न गन्‍ती गर्न सकिन्‍छ। जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको थियो, त्‍यहाँ तिनीहरू ‘जीवित परमेश्‍वरका सन्‍तान’ कहलाइनेछन्‌। #रोम ९:२६ 11तब यहूदावंशी र इस्राएलीहरू दुवै फेरि एकसाथ मिल्‍नेछन्, र एउटै नेता नियुक्त गरेर देशबाट निस्‍कनेछन्, किनभने यिजरेलको दिन महान्‌ हुनेछ।”

Currently Selected:

होशे 1: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy