YouVersion Logo
Search Icon

एफिसी पुस्‍तक परिचय

पुस्‍तक परिचय
पावलले यो पत्र एफिसीहरूलाई झण्‍डै ईश्वी स‌म्बत्‌ ६०-६१ मा लेखेका थिए। त्यो बेला पावल आफै रोम सहरको एउटा झ्‍यालखानामा बन्‍दी थिए। अहिले रोमचाहिँ यूरोप महादेशमा भएको आधुनिक इटालीको राजधानी हो। उही झ्‍यालखानामा बस्‍दा पावलले नयाँ करारका “फिलिप्‍पीहरूलाई,” “कलस्‍सीहरूलाई” र “फिलेमोनलाई,” भन्‍ने पत्रहरू पनि लेखेका थिए।
पावलको समयमा एफिसस रोमी साम्राज्‍यको मध्‍यपूर्वमा रहेको प्रसिद्ध सहर थियो (जो अहिले टर्की देशमा पर्छ)। एफिसस एउटा ठूलो केन्‍द्र भएको हुनाले, हरेक प्रकारका मानिसहरू त्‍यहाँ बस्‍थे र विभिन्‍न ठाउँबाट आ-आफ्‍नो काममा आउने गर्थे (हेर्नोस्‌ प्रेरित १८:१९)।
ईस्वी सम्बत्‌ ५३ देखि ईस्वी सम्बत्‌ ५५ सम्‍म पावल पनि एफिससमा बसे अनि तिनले हरेक दिन त्‍यहाँ जो-जो आउँथे, तिनीहरूलाई एउटा विद्यालयमा सिकाउने गर्थे। तिनीहरूमा धेरै जनाले विश्‍वास गर्न थाले र केही समयपछि एउटा ख्रीष्‍टियान मण्‍डली स्‍थापित भयो। एफिसस ज्‍यादै मुख्‍य सहर भएको हुनाले र ठाउँ-ठाउँबाट आउनेहरूको सङ्‍ख्‍या प्रशस्‍तै हुने हुँदा धेरै जनाले पावलको प्रचार सुने र ख्रीष्‍टको सुसमाचार अरू सहरहरूमा पनि फैलाए (प्रेरित १९:८-१०)।
एफिसीहरूलाई मात्र होइन तर वरपरका अरू मण्‍डलीहरूलाई पनि पावलले यो पत्र लेखेका हुन्‌ भन्‍ने धेरै जना बाइबलका विद्वान्‌हरूको विचार छ। पावलका पत्रहरूमध्‍ये धेरैजसो व्‍यक्तिगत तवरले लेखिएका छन्‌ तर यो पत्रचाहिँ व्‍यक्तिगत किसिमले र एउटै मण्‍डलीलाई मात्र लेखिएको जस्‍तो होइन। बरु यो पत्र एकदम फराकिलो छ र शायद एक मण्‍डलीबाट अर्को मण्‍डलीलाई बाँड्‌नका निम्ति लेखिएको थियो।
पावलको जीवनको विषयमा अझ बुझ्नलाई रोमीहरूलाई पावलको पत्रको परिचय हेर्नुहोस्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy