YouVersion Logo
Search Icon

कलस्सी पुस्तक परिचय

पुस्तक परिचय
कलस्से मध्यपूर्व (अहिलेको टर्की) मा अवस्थित, रोमी साम्राज्यमा भएको एउटा सानो सहर थियो, जो एफिसस भन्‍ने सहरबाट लगभग ५० कोश टाढा पर्थ्यो। पावल एफिससमा हुँदा, कलस्सेबाट कोही-कोही मानिसहरू आएर पावलको शिक्षा सुने, जसमध्ये एक जना इपाफ्रास भन्‍ने मान्छे थिए, जसले पूरा सुसमाचार सुनेर बुझेपछि कलस्सेमा फर्के र त्यहाँ एउटा नयाँ ख्रीष्‍टियान मण्‍डली स्थापना गरे।
त्यस मण्‍डलीमा कुनै-कुनै झूटा शिक्षा र विचारहरू उठेका थिए; र “यस्ता झूटा शिक्षालाई हटाउन एउटा सत्य वचनको पत्र लेखेर हाम्रो मण्‍डलीमा पठाउनुहोस्” भनी इपाफ्रासले पावलसँग अनुरोध गरेका थिए। मध्यपूर्वमा भएका सबै विश्वासीहरूले पावलको नाम अघिबाटै सुनेका हुनाले, शायद तिनीहरूले पावलको निर्देशन मान्‍नेछन्‌ भन्‍ने इपाफ्रासको आशा थियो।
यसकारण कलस्सीहरूलाई लेखेको पत्रको पहिला दुई अध्यायमा पावलले ख्रीष्‍टको बारेमा सत्य शिक्षा दिएपछि अध्याय तीन र चारमा यस झूटा शिक्षाको विरूद्धमा लेख्दछन्‌। ती अन्तिम दुई अध्यायमा हामीले आ-आफ्‍ना ख्रीष्‍टियान जीवन कसरी बिताउनुपर्ने हो भनेर पावल हामीलाई व्यवहारिक अर्ती दिन्छन्‌।
पावलले यो पत्र ईस्वी सम्बत्‌ ६०-६१ मा रोमको झ्यालखानाबाट लेखेका थिए भन्‍ने बाइबलका धेरैजसो इतिहासकारहरूले विचार गरेका छन्‌। एफिसीहरूलाई लेखेको पावलको पत्रसँगसँगै यो पत्र पनि तुखिकस भन्‍ने पावलका एक जना सहयोगीले आफ्‍नै हातले पुर्‍याइदिए।
पावलको जीवनको विषयमा अझ बुझ्नलाई रोमीहरूलाई पावलको पत्रको परिचय हेर्नुहोस्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy