YouVersion Logo
Search Icon

आमोस 1

1
इस्राएलका छिमेकीहरूमाथि परमेश्‍वरको न्याय
1तकोमा बस्‍ने गोठालाहरूमध्‍येका एक जना आमोसका वचन— यहूदाका राजा उज्‍जियाह र येहोआशका छोरा इस्राएलका राजा यारोबामका पालामा, भूकम्पका दुई वर्षअघि इस्राएलको विषयमा तिनले देखेका कुरा यी नै हुन्‌। #२ राज १५:१-७; २ इति २६:१-२३; २ राज १४:२३-२९
2तिनले भने, “परमप्रभु सियोनबाट गर्जनुहुन्‍छ, र उहाँ यरूशलेमबाट गर्जनको चर्को आवाज गर्नुहुन्‍छ। गोठालाहरूका खर्कहरू र कर्मेलको टाकुरो सुक्‍छन्‌।” #योए ३:१६
3परमप्रभु यसो भन्‍नुहुन्‍छ: “दमस्‍कसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले गिलादलाई फलामको दाँते घनले दाइँ गरेको हुनाले, #यशै १७:१-३; यर ४९:२३-२७; जक ९:१ 4म हजाएलको घरमा आगो पठाइदिनेछु, र त्‍यसले बेन-हददका किल्‍लाहरू भस्‍म पार्नेछ। 5म दमस्‍कसको मूल ढोका भाँचिदिनेछु। आवनको उपत्‍यकामा भएको राजालाई र बेथ-अदनमा राजदण्‍ड लिनेलाई सर्वनाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीरमा जानेछन्,” परमप्रभुले भन्‍नुहुन्‍छ।
6परमप्रभु यसो भन्‍नुहुन्‍छ: “गाजाका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले सम्‍पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्‍पिदिनलाई कैद गरेर लग्‍यो। #यशै १४:२९-३१; यर ४७:१-७ 7म गाजाका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू भस्‍म पार्नेछ। 8म अश्‍दोदको राजालाई र अश्‍कलोनको राजदण्‍ड लिनेलाई सर्वनाश पार्नेछु। म एक्रोनको विरुद्धमा मेरो हात चलाउनेछु, जबसम्‍म पलिश्‍तीहरू आखिरीसम्‍म मर्नेछैनन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।
9परमप्रभु यसो भन्‍नुहुन्‍छ: “टुरोसका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले सम्‍पूर्ण समुदायहरूलाई एदोमको हातमा सुम्‍पिदिएको हुनाले, र दाजुभाइहरूले आपसमा बाँधेको करारको सम्‍झना नगरेकोले, #यशै २३:१-१८; इज २६:१—२८:१९; योए ३:४-८; जक ९:१-४; मत्ती ११:२१-२२; लूक १०:१३-१४ 10म टुरोसका पर्खालहरूमा आगो पठाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू भस्‍म पार्नेछ।”
11परमप्रभु यसो भन्‍नुहुन्‍छ: “एदोमका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले सबै दयालाई रोकेर एउटा तरवार लिई आफ्‍ना भाइहरूलाई खेदेको हुनाले, र त्‍यसको रीस निरन्‍तर दन्‍किरहेको र आफ्‍नो क्रोध सधैँसम्‍मको लागि जलिरहेकोले, #यशै ३४:५-१७; ६३:१-६; यर ४९:७-२२; इज २५:१२-१४; ३५:१-१५; ओब १:१४; मला १:२-५ 12म तेमानमा आगो पठाइदिनेछु, र त्‍यसले बोज्राका किल्‍लाहरू भस्‍म पार्नेछ।”
13परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अम्‍मोनका तीन पापहरू अथवा चारै वटा पापहरूका कारण म मेरो क्रोध हटाउनेछैनँ। त्‍यसले आफ्‍ना साँधसिमाना बढ़ाउनलाई गिलादका गर्भवती स्‍त्रीहरूका पेट तरवारले चिरेको हुनाले, #यर ४९:१-६; इज २१:२८-३२; २५:१-७; सप २:८-११ 14म रब्‍बाका पर्खालहरूमा आगो लगाइदिनेछु, र त्‍यसले त्‍यसका किल्‍लाहरू त्‍यस लड़ाइँको दिनमा होहल्‍लासँग, त्‍यो प्रचण्‍ड आँधीबेहरीको दिनमा भस्‍म पार्नेछ। 15त्‍यसको राजा#1:15 अथवा मोलोख निर्वासनमा जानेछ, त्‍यो र त्‍यसका अधिकारीहरू सबै,” परमप्रभु भन्‍नुहुन्‍छ।

Currently Selected:

आमोस 1: NNRV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy