YouVersion Logo
Search Icon

२ तिमोथी पुस्तक परिचय

पुस्तक परिचय
रोममा दोस्रो पटक कैदमा हुँदा, पावलले तिमोथीलाई यो पत्र लेखेका थिए। त्यतिबेला तिमोथी एफिससमा भएको ख्रीष्‍टियान मण्‍डलीको एक जना मुख्य अगुवा थिए (हेर्नोस्‌ १ तिमोथीको परिचय)।
बाइबलका धेरैजसो विद्वानहरूको विचार अनुसार, पावलले पहिलो कैदबाट छुटकारा पाए (प्रेरित २८:१६,३०), तर केही समयपछि फेरि थुनिएर तिनी रोमीहरूका हातबाट मारिए। पावलले यो पत्र ईस्वी सम्बत्‌ ६६-६७ मा रोमका झ्यालखानबाट लेखेका थिए।
यो पत्र लेख्दा आफ्‍नो आखिर अवस्था नजिक आइपुगेको छ भन्‍ने पावललाई पूरा थाहा थियो (२ तिमोथी ४:६)। नयाँ करारमा भएका पावलका पत्रहरूमध्ये यो पत्र सबैभन्दा पछि लेखिएको पत्र हो।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in