YouVersion Logo
Search Icon

२ तिमोथी 3

3
आखिरी दिनहरूमा भक्तिहीनता
1तर यो बुझिराख, कि आखिरी दिनहरूमा डरलाग्‍दा समयहरू आउनेछन्‌। 2किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र, 3स्‍वाभाविक प्रेमरहितका, खुशी पार्न नसकिने, अरूको बदख्‍वाइँ गर्ने, दुराचारी, क्रूर, असल कुरालाई घृणा गर्ने, 4विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने, 5भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।
6किनभने तिनीहरूमध्‍ये कोही-कोही घर-घर पसी पापले थिचिएका र विभिन्‍न मनोभावको कब्‍जामा परेका कमजोर स्‍त्रीहरूलाई आफ्‍ना अधीनमा पार्छन्‌। 7जुन स्‍त्रीहरू सिक्‍न त सधैँ सिक्‍छन्, तर सत्‍यको ज्ञानमा कहिल्‍यै आउन सक्‍दैनन्‌। 8यान्‍नेस र याम्‍ब्रेसले मोशाको विरोध गरेजस्‍तै, यी मानिसहरूले पनि सत्‍यको विरोध गर्छन्‌। यी मानिसहरू भ्रष्‍ट दिमागका र नक्कली विश्‍वासका हुन्‍छन्‌।#प्रस ७:११ 9तर तिनीहरू अझ धेरै टिक्‍न सक्‍नेछैनन्, किनकि ती दुई मानिसको जस्‍तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।
तिमोथीलाई पावलको आदेश
10अब त तिमीले मेरो शिक्षा, मेरो चरित्र, मेरो जीवनको लक्ष्य, मेरो विश्‍वास, मेरो धैर्य, मेरो प्रेम, मेरो स्‍थिरता देखेका छौ, 11मेरा सतावटहरू र मेरा कष्‍टहरू एन्‍टिओखियामा, आइकोनियनमा र लुस्‍त्रामा ममाथि के पर्न आयो र कस्‍ता-कस्‍ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।#प्रे १३:१४-५२; १४:१-७,८-२० 12ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्, 13तर दुष्‍ट मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन्‌-झन्‌ दुष्‍ट हुँदैजानेछन्‌।
14तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्‍वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्‍दछौ। 15तिमी बाल्‍यकालदेखि पवित्र-धर्मशास्‍त्रसँग परिचित छौ, जसले ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको निम्‍ति तिमीलाई शिक्षा दिन सक्‍छ। 16सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्‍याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्‍छ, 17ताकि परमेश्‍वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्‍जित भई सिद्ध भएको होस्‌।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in