YouVersion Logo
Search Icon

१ थेसलोनिकी 1

1
1पावल, सिलास र तिमोथीबाट, परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्‍डलीलाई:#प्रे १७:१
अनुग्रह र शान्‍ति।
थेसलोनिकीहरूका विश्‍वासको निम्‍ति धन्‍यवाद
2हाम्रा प्रार्थनाहरूमा तिमीहरूको निरन्‍तर स्‍मरण गर्दै हामी परमेश्‍वरलाई तिमीहरू सबैका निम्‍ति धन्‍यवाद दिन्‍छौं। 3हाम्रा परमेश्‍वर पिताको सामुन्‍ने हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको काम, प्रेमको परिश्रम र आशाको धैर्य निरन्‍तर सम्‍झन्‍छौं।
4भाइ हो, परमेश्‍वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्‍नुभएको हामीलाई थाहा छ, 5किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्‍मामा, अनि सम्‍पूर्ण निश्‍चयतासाथ आएको हो। तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्‍ता किसिमका मानिस थियौं तिमीहरू जान्‍दछौ। 6तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्‍माले दिनुभएको आनन्‍दसाथ तिमीहरूले धेरै कष्‍टमा वचन ग्रहण गर्‍यौ।#प्रे १७:५-९ 7यहाँसम्‍म कि माकेडोनिया र अखैयामा सबै विश्‍वासीहरूका माझमा तिमीहरू नमूना बन्‍यौ।
8किनकि तिमीहरूद्वारा परमेश्‍वरको वचन केवल माकेडोनिया र अखैयामा मात्र प्रचार गरिएको होइन, तर परमेश्‍वरमाथिका तिमीहरूको विश्‍वास प्रत्‍येक स्‍थानमा फैलिएको छ, र हामीलाई अरू केही भन्‍नु आवश्‍यक छैन। 9किनकि जुन किसिमले हाम्रो स्‍वागत तिमीहरूकहाँ भयो, अनि जीवित र साँचो परमेश्‍वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट परमेश्‍वरतर्फ फर्क्‍यौ, सो त मानिसहरूले नै बताउँछन्‌। 10अनि स्‍वर्गबाट आउनुहुने उहाँका पुत्र जसलाई उहाँले मृतकबाट उठाउनुभयो, उहाँकै प्रतीक्षा तिमीहरू गर्दछौ, अर्थात्‌ येशूको, जसले आउन लागेको क्रोधबाट हामीलाई छुटकारा दिनुहुन्‍छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

YouVersion uses cookies to personalize your experience. By using our website, you accept our use of cookies as described in our Privacy Policy