YouVersion Logo
Search Icon

१ कोरिन्थी 3:18-23

१ कोरिन्थी 3:18-23 NNRV

कसैले आफैलाई धोका नदेओस्‌। तिमीहरूमध्‍ये कसैले यस युगमा आफैलाई बुद्धिमान्‌ सम्‍झन्‍छ भने त्‍यो मूर्ख बनोस्, ताकि त्‍यो बुद्धिमान्‌ बन्‍न सकोस्‌। किनकि संसारको बुद्धि परमेश्‍वरको सामु मूर्खता हो। किनकि लेखिएको छ, “उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूको धूर्ततामा पक्रनुहुन्‍छ।” र फेरि, “बुद्धिमान्‌हरूका विचार व्‍यर्थ हुन्‌ भनी परमप्रभु जान्‍नुहुन्‍छ।” यसैकारण कसैले मानिसहरूमाथि गर्व नगरोस्‌। किनकि सबै थोक तिमीहरूकै हुन्, चाहे पावल, कि अपोल्‍लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्‍यु, वा वर्तमान, कि भविष्‍य, सबै तिमीहरूकै हुन्, र तिमीहरू ख्रीष्‍टका हौ, अनि ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्‍छ।

Free Reading Plans and Devotionals related to १ कोरिन्थी 3:18-23