१ कोरिन्थी 2:6-9
१ कोरिन्थी 2:6-9 NNRV
तापनि परिपक्व भएकाहरूका बीचमा हामी बुद्धिको प्रचार गर्दछौं, तर यस युगको बुद्धि होइन, न त यस युगका शासकहरूको बुद्धि, जो निश्चय बितिजानेछ। तर हामी परमेश्वरको गुप्त र लुकेको बुद्धिको प्रचार गर्दछौं, जो युगयुगअघि हाम्रो महिमाको निम्ति परमेश्वरले नियुक्त गरिदिनुभयो। यस युगका कुनै पनि शासकहरूले त्यो कुरा बुझेनन्। तिनीहरूले बुझेका भएदेखि महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्। तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”