Logo ng YouVersion
Hanapin ang Icon

मर्कूस 7

7
आन्तरिक शुद्धताको बारेमा येशूको शिक्षा
1एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए। 2अनि उहाँका केही चेलाहरूले अशुद्ध हात, अर्थात् हात नधोई भोजन गरिरहेका देखे। 3(फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्। 4जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्‍नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्नेजस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।)
5यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”
6उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए; जस्तो लेखिएको छ:
“ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्,
तर तिनीहरूको हृदय मदेखि टाढा छ।
7तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्,
तिनीहरूको शिक्षा मानवीय नियम मात्र हुन्।’#7:7 यशै 29:13
8तिमीहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।”
9अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्‍वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ! 10किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’#7:10 प्रस 20:12; व्यव 5:16 अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’#7:10 प्रस 21:17; लेवी 20:9 11तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुर्बान हो’ अर्थात् परमेश्‍वरलाई चढाइसकिएको भेटी भन्यो भने, 12तिमीहरू त्यसलाई आफ्ना बुबा वा आमाका लागि केही गर्न दिँदैनौ। 13यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्‍वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”
14येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ। 15मानिसको बाहिरबाट कुनै पनि कुरा ऊभित्र पसेमा उसलाई अशुद्ध बनाउन सक्दैन। बरु उसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्। 16जसको सुन्‍ने कान छ, त्यसले सुनोस् र बुझोस्।#7:16 केही प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन।
17उहाँ भीडलाई छोडेर घरभित्र पस्‍नुभयो, तब उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्‍टान्तको विषयमा सोधे। 18उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ? 19किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, र शरीरबाट बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।
20उहाँले अझ भन्‍नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ। 21किनकि मानिसको हृदयबाट दुष्‍ट विचारहरू आउँछन्; अनैतिकता, चोरी, हत्या, 22व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड र मूर्खता। 23यी सबै दुष्‍ट कुराहरू भित्रबाट नै निस्कन्छन्, र मानिसलाई अशुद्ध बनाउँछन्।”
सिरिया-फोनिके निवासी स्त्रीको विश्‍वास
24येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्‍नुभयो, र यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्‍त राख्न सक्नुभएन। 25वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्‍नसाथ आइन्, र उहाँको पाउमा परिन्। 26ती स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिइन्। तिनले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिन बिन्ती गरिन्।
27उहाँले तिनलाई भन्‍नुभयो, “पहिला बालबच्‍चालाई पेटभरि खान देऊ; किनकि तिनीहरूको रोटी लगेर कुकुरहरूलाई फालिदिनु उचित होइन।”
28तिनले जवाफ दिइन्, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि बालबच्‍चाले खसालेका टुक्राहरू खान्छन्।”
29तब उहाँले तिनलाई भन्‍नुभयो, “तिमीले यस्तो जवाफ दिएको हुनाले तिमी घरमा जाऊ; तिम्री छोरीलाई भूतले छोडिसकेको छ।”
30तिनी घर फर्केर गइन्, र आफ्नी छोरीलाई ओछ्यानमा ढल्किएकी र भूत निस्किसकेको भेट्टाइन्।
येशूले बहिरो र लाटो मानिसलाई निको पार्नुभएको
31तब येशू टायर वरपरको ठाउँ छोडेर सीदोन हुँदै गालीलको समुद्र र डेकापोलिसको क्षेत्रतिर जानुभयो। 32त्यहाँ केही मानिसहरूले एक जना बहिरो र लाटो मानिसलाई उहाँकहाँ ल्याए। अनि त्यसमाथि हात राखिदेऊन् भनी येशूलाई बिन्ती गरे।
33येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो र आफ्ना औँलाहरू त्यस मानिसका कानहरूमा हाल्नुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो। 34उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्‍नुभयो, “एफाता!” (जसको अर्थ हो, “खोलिजा!”) 35तुरुन्तै त्यस मानिसका कानहरू खोलिए; त्यसको जिब्रो चल्यो र त्यो स्पष्‍ट गरी बोल्न थाल्यो।
36येशूले तिनीहरूलाई यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्‍नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे। 37मानिसहरू आश्‍चर्यचकित भएर तिनीहरूले भने, “उहाँले हरेक कुरा असल गर्नुभएको छ! उहाँले बहिरोलाई सुन्‍न सक्ने र लाटोलाई बोल्न सक्ने बनाउनुहुन्छ।”

Kasalukuyang Napili:

मर्कूस 7: NCV

Haylayt

Kopyahin

Paghambingin

Ibahagi

None

Gusto mo bang ma-save ang iyong mga hinaylayt sa lahat ng iyong device? Mag-sign up o mag-sign in

Video para sa मर्कूस 7