Logo ng YouVersion
Hanapin ang Icon

मत्ती 24

24
मन्दिरको विनाश र जगत्‌को अन्त्यका चिन्हहरू
1येशूले मन्दिर छोडेर जान लाग्दा उहाँका चेलाहरू उहाँको ध्यान मन्दिरको बनावटतिर आकर्षित गराउन उहाँकहाँ आए। 2उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।”
3येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्‍क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्‌को अन्त्यको चिन्ह के हुनेछ?”
4येशूले जवाफ दिनुभयो: “होसियार रहो, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। 5किनकि धेरै जना ‘म ख्रीष्‍ट हुँ,’ भन्दै मेरो नाममा दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्। 6तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ। 7जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। 8यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्।
9“तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ। 10त्यस बेला धेरै जना विश्‍वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्‍वासघात र घृणा गर्नेछन्। 11अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। 12दुष्‍टता बढेकोले धेरैको प्रेम सेलाउनेछ, 13तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ। 14अनि राज्यको सुसमाचार सबै राष्ट्रहरूमा साक्षीको रूपमा विश्‍वभरि प्रचार गरिनेछ; त्यसपछि अन्त्य आउनेछ।
15“यसरी जब तिमीहरूले दानिएल अगमवक्ताद्वारा भनिएको ‘विनाशकारी घृणित कुरा’#24:15 दानि 9:27; 11:31; 12:11 पवित्रस्थानमा खडा भएको देख्नेछौ—पढ्नेले बुझोस्, 16तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्। 17घरको कौसीमा हुनेहरू कोही पनि घरबाट केही थोक लिनलाई तल नओर्लोस्। 18खेतमा हुने कोही पनि आफ्ना लुगा लिन फर्केर नजाओस्। 19ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्! 20शब्बाथ अथवा हिउँदमा तिमीहरू भाग्नु नपरोस् भनी प्रार्थना गर। 21किनकि त्यस बेला यस्तो महासङ्कष्‍ट हुनेछ, संसारको उत्पत्तिदेखि अहिलेसम्म न कहिल्यै भएको थियो, न त फेरि कहिल्यै हुनेछ।
22“यदि ती दिनहरू नघटाइएका भए कोही पनि बाँच्न सक्ने थिएन; तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्। 23त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्‍ट यहाँ हुनुहुन्छ’ अथवा, ‘उहाँ त्यहाँ हुनुहुन्छ’ भन्यो भने त्यसमा विश्‍वास नगर। 24किनकि झूटा ख्रीष्‍टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्। सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई ठूला-ठूला अलौकिक चिन्हहरू र अद्‌भुत कार्यहरू गर्नेछन्। 25हेर, मैले तिमीहरूलाई पहिलेबाट नै भनिदिएको छु।
26“यसकारण यदि कसैले तिमीहरूलाई ‘हेर, उहाँ बाहिर मरुभूमिमा हुनुहुन्छ’ भन्यो भने निस्केर नजाओ; अथवा, ‘उहाँ यहाँ भित्री कोठाहरूमा हुनुहुन्छ’ भन्यो भने त्यो कुरा विश्‍वास नगर। 27किनकि जसरी पूर्वतिर चम्केको बिजुली पश्‍चिममा पनि देखा पर्छ, त्यसरी नै मानिसको पुत्रको आगमन पनि हुनेछ। 28जहाँ सिनो हुन्छ, त्यहाँ गिद्धहरू भेला हुन्छन्।
29“ती दिनहरूका सङ्कष्‍टपछि तुरुन्तै,
“ ‘सूर्य अँध्यारो हुनेछ,
र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन;
आकाशबाट ताराहरू खस्‍नेछन्,
अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’#24:29 यशै 13:10; 34:4
30“त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्।#24:30 हेर्नुहोस् दानि 7:13‑14 31अनि उसले आफ्ना दूतहरूलाई तुरहीको चर्को आवाजसित पठाउनेछ। अनि तिनीहरूले आकाशको एक कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई बटुल्नेछन्।
32“अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ। 33त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू भइरहेका देख्छौ, तब यो नजिकै, ढोकैमा छ भनी तिमीहरूले जान। 34म तिमीहरूलाई साँचो भन्दछु, यी सबै घटनाहरू पूरा नभएसम्म यो पुस्ता निश्‍चय नै नष्‍ट भएर जानेछैन। 35आकाश र पृथ्वी नष्‍ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्‍ट हुनेछैनन्।
त्यस दिन र त्यस समयको विषयमा कसैलाई ज्ञान छैन
36“त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन। न स्वर्गका दूतहरूले, न पुत्रले; तर पिताले मात्र जान्‍नुहुन्छ। 37जसरी नोआको दिनमा भएको थियो, त्यसरी नै मानिसको पुत्रको आगमनमा पनि हुनेछ। 38किनकि जलप्रलय अगिका दिनहरूमा नोआ जहाजभित्र पस्‍ने दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाह गर्दै र विवाह गराउँदैथिए। 39अनि जलप्रलय आएर तिनीहरू सबैलाई नबगाउन्जेल तिनीहरूलाई के हुन्छ भन्‍ने कुरा थाहा नै थिएन। मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। 40दुई जना मानिसहरू खेतमा हुनेछन्; एक जना लगिनेछ, र अर्को छोडिनेछ। 41दुई जना स्त्रीहरू जाँतो पिँधिरहेका हुनेछन्; एउटी लगिनेछ र अर्की छोडिनेछ।
42“यसकारण जागा रहो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनेछन् भनी तिमीहरू जान्दैनौ। 43तर यो बुझिराख: यदि घरको मालिकले राति कुन समयमा चोर आउँछ भनी जानेका भए, तिनी होसियार रहनेथिए, र तिनले आफ्नो घर फोरिन दिनेथिएन। 44यसकारण तिमीहरू पनि तयार बस; किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ।
45“त्यसो भए त्यो विश्‍वासयोग्य र बुद्धिमान् सेवक को हो, जसलाई त्यसका मालिकले घरका अन्य सेवकहरूलाई तिनीहरूका भोजन ठिक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्? 46उसका मालिक फर्केर आउँदा उसले त्यसै गरिरहेको भेट्टाए भने त्यस सेवकका लागि असल हुनेछ। 47म तिमीहरूलाई साँचो भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्। 48तर यदि त्यो सेवक दुष्‍ट छ, र त्यसले आफ्नो मनमा ‘मेरो मालिक आउन ढिलो गर्नेछन्,’ भनी भन्यो, 49अनि आफ्ना सङ्गी-सेवकहरूलाई पिट्न र मतवालाहरूसित खान र पिउन थाल्यो भने, 50त्यस सेवकका मालिक त्यसले नचिताएको दिनमा र त्यसलाई थाहै नभएको समयमा आइपुग्नेछन्। 51तब तिनले त्यसलाई टुक्रा-टुक्रा पारेर काट्नेछन् र कपटीहरूका साथमा राख्नेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछन्।

Kasalukuyang Napili:

मत्ती 24: NCV

Haylayt

Ibahagi

Kopyahin

None

Gusto mo bang ma-save ang iyong mga hinaylayt sa lahat ng iyong device? Mag-sign up o mag-sign in