YouVersion Logo
Search Icon

रूथ 3:1-5

रूथ 3:1-5 NNRV

एक दिन रूथकी सासू नाओमीले तिनलाई भनिन्, “हे मेरी छोरी, तिम्रो आफ्‍नै घरबार र राम्रो बन्‍दोबस्‍त भएर बसेको मैले हेर्न नपाउनू? बोअज त हाम्रा आफ्‍नै नातेदार हुन्, जसका ठिटीहरूसँग तिमी थियौ। आज राती तिनले आफ्‍नो खलामा जौ बत्ताउनेछन्‌। यसकारण स्‍नान गरेर तेल हाल र तिम्रा सबभन्‍दा राम्रा लुगा लगाई खलामा जाऊ, तर तिनले खानपान गरी नसकुञ्‍जेल तिमी ती मानिसकहाँ देखा नपर। तिनी सुत्‍न जाँदा तिमीले तिनको सुत्‍ने ठाउँ हेरिराख। त्‍यसपछि गएर तिनको खुट्टापट्टिको ओढ्‌ने उठाएर त्‍यहीँ ढल्‍क। तब तिमीले के गर्नुपर्नेछ सो तिनले नै भन्‍नेछन्‌।” रूथले भनिन्, “तपाईं जे भन्‍नुहुन्‍छ म गर्नेछु।”