भजनसंग्रह 111:1-6
भजनसंग्रह 111:1-6 NNRV
परमप्रभुको प्रशंसा गर। मेरो सम्पूर्ण हृदयले सोझाहरूको सभामा र समुदायमा पनि म परमप्रभुको नाउँ उच्च पार्नेछु। परमप्रभुका कामहरू महान् छन्, तिनमा प्रसन्न हुनेहरू सबैले ती कार्यहरूमा मनन गर्छन्। उहाँका काम महिमामय र वैभवशाली छन्, र उहाँको धार्मिकता सदाकाल रहिरहन्छ। उहाँले आफ्ना आश्चर्यकर्म स्मरण गराउनुभएको छ, परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ। उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ, अनि आफ्नो करारको सधैँ सम्झना राख्नुहुन्छ। उहाँले आफ्नो प्रजालाई अरू जातिहरूको उत्तराधिकार दिएर, आफ्ना कार्यको शक्ति आफ्ना जनलाई देखाउनुभएको छ।





