YouVersion Logo
Search Icon

मत्ती 9:18-26

मत्ती 9:18-26 NNRV

जब उहाँले तिनीहरूलाई यी कुरा भन्‍दैहुनुहुन्‍थ्‍यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्‍डवत्‌ गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्‍यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्‍यो जीवित हुनेछे।” येशू उठ्‌नुभयो र आफ्‍ना चेलाहरूसँग तिनको पछि लाग्‍नुभयो। त्‍यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्‍त्रीले पछिल्‍तिरबाट आएर उहाँका वस्‍त्रको किनार छोई। किनकि त्‍यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्‍त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।” फनक्‍क फर्की हेर्दा येशूले त्‍यस स्‍त्रीलाई देख्‍नुभयो, र भन्‍नुभयो, “छोरी, साहस गर, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।” त्‍यो स्‍त्री त्‍यही घड़ी निको भई। अनि जब येशू शासकको घरमा आइपुग्‍नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्‍नुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे। भीड़लाई बाहिर निकाल्‍नुभएपछि उहाँ भित्र पस्‍नुभयो, र त्‍यस ठिटीको हात समात्‍नुभयो, अनि त्‍यो ठिटी जुरुक्‍क उठी। तब यस कुराको कीर्ति त्‍यस मुलुकभरि फिँजियो।

Free Reading Plans and Devotionals related to मत्ती 9:18-26