YouVersion Logo
Search Icon

यशैया 63:7-9

यशैया 63:7-9 NNRV

परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्‍ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु— उहाँको करुणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्‍ति धेरै असल कार्य गर्नुभयो। उहाँले भन्‍नुभयो, “निश्‍चय नै यी मेरा प्रजा हुन्, ती छोराहरू जसले मलाई धोका दिनेछैनन्‌।” यसैले उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो। तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्‍थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्‍नुभयो।

Free Reading Plans and Devotionals related to यशैया 63:7-9