YouVersion Logo
Search Icon

भजनसंग्रह 2

2
1अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्?
किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
2तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध
र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।
3ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं,
तिनीहरूबाट अलग हौं।”
4तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ।
परमप्रभुले तिनीहरूलाई हाँसोको पात्र बनाउनु हुन्छ।
5तब परमेश्वर रिसाउनु हुन्छ,
अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्।
6अनि ती मानिसहरूलाई भन्नुहुन्छ, “यो मानिस राजा होस् भनी मैले रोजें।
अनि उसले सियोन पर्वतमा राज गर्नेछ।
सियोन मेरो एक विशेष पर्वत हो।”
7अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु।
परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ,
तिमी मेरा पुत्र भयौ।
8यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु
अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
9तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले
माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”
10यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन्
र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
11यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
12तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ।
यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ,
र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ।
जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्।
तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ।
परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in