YouVersion Logo
Search Icon

भजनसंग्रह 129

129
मन्दिरतर्फ जाँदैगर्दा गाएको स्तुतिगान।
1मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए।
इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ।
2मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए
तर तिनीहरूले कहिल्यै जितेनन्।
3तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे।
धेरै समय सम्म मेरो गहिरो घाउ थियो।
4तर परमप्रभुले डोरीहरू काटीदिनु भयो।
अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो।
5मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्।
तिनीहरू लडाइँ गर्न छाडेर भागुन्।
6ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए।
ती घाँसहरू बढ्ने अगावै ओइलएर मरे।
7घाँस काट्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन।
एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।
8तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्,
“परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।”
मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्,
“हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in