YouVersion Logo
Search Icon

भजनसंग्रह 124

124
दाऊद मन्दिर गइरहेका बेलाको भजन।
1मलाई जवाफ देऊ इस्राएल,
यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए,
हामी माथि कस्तो घटना घट्ने थियो होला?
2जब मानिसहरूले हामीलाई आक्रमण गरे
त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?
3हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए,
जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे।
4हाम्रो शत्रुहरूका सैनिकहरूले
हामीलाई बाढीले बगाए झैं
र नदीले हामीलाई डुबाए झैं पार्ने थिए।
5ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए
हामीलाई डुबाउने थियो।
6परमप्रभुको प्रशंसा गर!
हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न।
7हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं।
जाल फाट्यो अनि हामी मुक्त भयौ!
8हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ।
परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in