YouVersion Logo
Search Icon

भजनसंग्रह 12

12
प्रमुख संगीतकारलाईः शेमिनिथ रागमा बजाइने दाऊदको भजन।
1हे परमप्रभु मलाई बचाउँनु होस्!
अब धार्मिक मानिसहरू छैनन्।
त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्।
2मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्।
प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।
3परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ।
परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ।
4ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं
अनि त्यो अत्यन्त मुख्य हुँदछ।
के भन्नु पर्ने हामी जान्दछौं,
यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”
5तर परमप्रभु भन्नुहुन्छ,
“दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्,
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन्
तर म ती असहाय मानिसहरूको
पक्ष लिएर लडाइईँ गर्नेछु।”
6परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्।
तातो आगोमा बिलाएको चाँदी जस्तो,
तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्।
7हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्।
तिनीहरूलाई अहिले र सधैँ भरिका लागि सुरक्षा दिनु होस्।
8ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्।
तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्,
जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in