YouVersion Logo
Search Icon

भजनसंग्रह 108

108
दाऊदको एउटा स्तुतिगीत।
1हे परमेश्वर, म आत्मा र हृदय सहित
स्तुति-गीतहरू गाउँन तयार छु।
हे मेरो आत्मा, तँ उठ!
2साङ्गीतहरू वीणाहरू उठ!
अनि अरूहरूलाई उठाऊ!
3हे परमेश्वर, हामी तपाईंलाई
जातिहरू माझ गुण-गान गर्नेछौ।
4परमप्रभु! तपाईंको प्रेम आकाशभन्दा पनि उच्च छ।
तपाईंको सत्यता उच्चतम बादल भन्दा पनि उच्च छ।
5हे परमेश्वर, आकाशभन्दा पनि माथि उठ्नुहोस्!
सारा संसारले तपाईंको महिमालाई देखोस्।
6हे परमेश्वर, आफ्ना मित्रहरू बँचाउनलाई मेरो प्रार्थनाको प्रत्युत्तर दिनुहोस।
अनि तपाईंको महान् शक्ति बँचाउनलाई प्रयोग गर्नुहोस्।
7परमेश्वर उहाँको मन्दिरमा बोल्नु भयोः
“म युद्ध जित्ने छु अनि विजयी भएर प्रफुल्लित हुनेछु!
म यो धर्ती आफ्ना मानिसहरूको माझमा भाग गरेर बाँडिदिने छु।
शेकेम तिनीहरूलाई दिनेछु।
म तिनीहरूलाई सुक्कोत बेंसी दिनेछु।
8गिलाद र मनस्से मेरो हुनेछ।
एप्रैम मेरो शिरकवज हुनेछ,
यहूदा मेरो राजदण्ड हुनेछ।
9मोआब मेरो खुट्टा धुने ठूलो गर्दुवा हुनेछ,
एदोम मेरो जुत्ताहरू बोक्ने दास हुनेछ,
म पलिस्तिलाई परास्त गर्ने छु अनि विजय भएको खुसीमा कराउने छु।”
10-11तर तपाईंले हामीलाई त्यागेर जानु भयो!
तपाईं हाम्रा सेनाहरूसँग जानु भएन!
कसले मलाई शत्रुहरूको किल्लातिर लैजाने हो?
कसले मलाई एदोमको विरूद्ध लडाइँ गर्न लैजाने हो?
12हे परमेश्वर, हाम्रा शत्रुहरू नाश गर्नलाई साथ दिनुहोस्।
मानिसहरूले हामीलाई सघाउन सक्दैनन्!
13परमेश्वरले मात्र हामीलाई बलियो बनाउन सक्नु हुन्छ।
परमेश्वरले हाम्रा शत्रुहरू पराजित गर्न सक्नु हुन्छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in