YouVersion Logo
Search Icon

मत्तीको सुसमाचार 17

17
येशू मोशा र एलियासँग देखिनु हुन्छ
(मर्कूस 9:2-13; लूका 9:28-36)
1त्यसको छ दिनपछि, येशू आफूसँग पत्रुस, याकूब अनि यूहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए। 2तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। 3तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए।
4पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।”
5जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।”
6चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे। 7तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।” 8चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो।
9येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”
10चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?”
11येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँच्चो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्। 12तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।” 13तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।
येशूले रोगी केटोलाई निको पार्नुहुन्छ
(मर्कूस 9:14-29; लूका 9:37-43a)
14येशू अनि उहाँका चेलाहरू फेरि मानिसहरू भएको ठाउँमा गए। एउटा मानिस येशूको अघि निहुरियो। 15त्यो मानिसले भन्यो, “परमप्रभु, मेरो छोरोप्रति दया गर्नुहोस्। उसलाई छारेरोग लागेकोछ र यसै द्वारा पीडित छ। मेरो छोरो बारम्बार आगो र पानीमा लड्छ। 16मैले मेरो छोरोलाई तपाईंको चेलाहरूकहाँ ल्याएँ, तर तिनीहरूले उसलाई निको पार्न सकेनन्।”
17येशूले जवाफ दिनूभयो, “तिमीहरूमा विश्वास छैन। तिमीहरूको जीवननै भ्रष्ट छ। तिमीहरूसँग म कहीलेसम्म बस्न सकुँला? तिमीहरूसँग कहिलेसम्म म धैर्य गरिबस्नु? त्यस केटोलाई यता ल्याऊ।” 18येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो।
19तब चेलाहरू येशूकहाँ एकान्तमा आए। तिनीहरूले भने, “हामीले केटाबाट भूत भगाउन पूरा प्रयास गरेका थियौं। तर हामीले त्यसलाई भगाउन सकेनौं। किन हामीहरूले भूत भगाउन सकेनौ?”
20येशूले जवाफ दिनुभयो, “तिमीहरूले भूत भगाउन सकेनौ, किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो हो, त पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ। ‘अनि त्यो सर्ने थियो।’ सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो।” 21#17:21 केही ग्रीक प्रति-लिपिहरूमा पद 21 मा थपिएको छः “यस्तो प्रकारको दुष्ट-आत्मा केवल प्रार्थना वा उपवासद्वारा मात्र निस्किन्छ।”
येशू आफ्नो मृत्यु बारे चर्चा गर्नुहुन्छ
(मर्कूस 9:30-32; लूका 9:43b-45)
22त्यसपछि, चेलाहरू गालीलमा भेला भए। येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्रलाई मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ। 23ती मानिसहरूले मानिसको पुत्रलाई मारिदिनेछन्। तर तेस्रो दिनमा मानिसको पुत्र बौरी उठ्नेछन्।” येशूलाई मारिनेछ भन्ने सुनेर चेलाहरू खुबै दुःखीत भए।
येशूद्वारा महसूल तिर्ने बारे शिक्षा
24येशू चेलाहरूलाई लिएर कफर्नहुममा जानुभयो। कफर्नहुममा केही मानिसहरू पत्रुसकहाँ आए। ती मानिसहरू दोहोरो महसूल उठाउनेहरू थिए। तिनीहरूले सोधे, “के तिमीहरूका गुरूले दोहोरो महसूल तिर्नु हुन्छ?”
25पत्रुसले जवाफदिए, “हो, येशूले ती करहरू तिर्नुहुन्छ।”
त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अघिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?”
26पत्रुसले जवाफ दिए, “अरू मानिसहरूले महसूल तिर्छन्।”
येशूले भन्नुभयो, “त्यसो भए राजाका आफ्नै परिवारले महसूल तिर्ने आवश्यकता पर्दैन। 27तर हामी यी महसूल उठाउनेहरूलाई रीस उठाउन चाँहदैनौ। यसर्थ यसप्रकारले महसूल बुझाऊ। पोखरीमा जाऊ र माछा समात्न बल्छीहान। तिमीले समातेको पहिलो माछा लेऊ, त्यसको मुख खोल र तिमीले चार ड्रकमाको एउटा मुद्रा पाउनेछौ। त्यो मुद्रा महसूल उठाउनेहरूलाई देऊ। त्यसैबाट तिम्रो र मेरो महसूल चुक्ता हुनेछ।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in