प्रस्थानको पुस्तक 24
24
परमेश्वर अनि इस्राएल तिनीहरूको करार बनाउनोछन्
1परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ। 2तब मोशा परमप्रभु सामुन्ने आफैं आउनेछन् तर अन्य मानिसहरू परमप्रभु नजिक जाने छैनन् अनि रहल मानिसहरूले पर्वतमाथिसम्म पनि जानु हुँदैन।”
3मोशाले मानिसहरूलाई परमप्रभुले भन्नु भएको सबै आदेश र निर्देशनहरू भने। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशनहरू हामी पालन गर्नेछौं।”
4अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे। 5तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।
6मोशाले बलिको आधा रगत जोगाएर कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।
7मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
8तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”
9तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे। 10इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे। 11इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले सँगै खाए अनि पिए।
मोशा परमेश्वरको आज्ञा लिन जान्छन्
12परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”
13यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे। 14मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुन्जेल यहीं पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगड़ा भए हारून र हूर कहाँ लानु पर्छ।”
मोशा परमेश्वरसित भेंट गर्छन्
15तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो। 16परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासँग बादलबाट कुरा गर्नु भयो। 17परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।
18तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।
Currently Selected:
प्रस्थानको पुस्तक 24: NERV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Nepali Holy Bible: Easy-to-Read Version
All rights reserved.
© 2004 Bible League International

: