YouVersion Logo
Search Icon

तिमोथीलाई पावलको दोस्रो पत्र 1:6-11

तिमोथीलाई पावलको दोस्रो पत्र 1:6-11 NERV

त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ। यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ। परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो। त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो

Video for तिमोथीलाई पावलको दोस्रो पत्र 1:6-11

Verse Image for तिमोथीलाई पावलको दोस्रो पत्र 1:6-11

तिमोथीलाई पावलको दोस्रो पत्र 1:6-11 - त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे सम्झाउँन चाहन्छु। जब मैले मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्। परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।
यसकारण हाम्रा प्रभु येशूको बारेमा मानिसहरूलाई भन्न नलजाऊ। अनि म कैदमा छु भनेर पनि लाज नमान। तर सुसमाचारको निम्ति मसित दुःख भोग्ने गर। त्यसो गर्न परमेश्वरले हामीलाई शक्ति दिनु हुन्छ।
परमेश्वरले हामीलाई बचाउनु भएको छ अनि हामीलाई आफ्ना पवित्र मानिस तुल्य बनाउनु भएको छ। यो हामीले केही गरेर भएको होइन। होइन, परमेश्वरले यो उहाँको इच्छा अनि अनुग्रहले गर्दा हामीलाई बचाउँनु भयो अनि उहाँको मानिस हुन आह्वान गर्नु भयो। यो अनुग्रह ख्रीष्ट येशूद्वारा हामीलाई अनादिकाल अघि दिइएको थियो। त्यो अनुग्रह हामीलाई आज सम्म देखाइएको थिएन। हाम्रो मुक्तिदाता ख्रीष्ट येशू आउनु भए पछि त्यो देखाइयो। येशूले मृत्युलाई नष्ट गर्नु भयो र जीवनको मार्ग देखाऊनु भयो। हो सुसमाचारद्वारा येशूले हामीलाई अनन्तजीवनको त्यो मार्ग देखाउनु भयो।
त्यही सुसमाचार प्रचार गर्नका निम्ति एक शिक्षक अनि प्रेरितको रूपमा मलाई नियुक्त गरिएको हो

Free Reading Plans and Devotionals related to तिमोथीलाई पावलको दोस्रो पत्र 1:6-11