YouVersion Logo
Search Icon

तीतस पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो पावलले तीतसलाई लेखेको पत्र हो। तीतस अन्‍यजातिबाट ख्रीष्‍टियान भएका थिए र तिनी पावललाई प्रचारका काममा सघाउने युवा थिए। पावलले तिनलाई मण्‍डलीका कामहरू हेर्न क्रेटमा छोडेका थिए। यस पत्रले तीन मुख्‍य कुराहरू जाहेर गर्छ।
पहिलो, खासगरी धेरै क्रेटबासीहरू दुष्‍ट भएका हुनाले पावलले तीतसलाई मण्‍डलीका अगुवाहरूमा कस्‍तो चालचलन हुनुपर्छ भन्‍ने विषयमा सम्‍झना गराउँछन्। दोस्रो, उनले तीतसलाई मण्‍डलीमा भएका झुण्‍डहरू, बुढा-पाका र बुढी स्‍त्रीहरू, युवाहरू र कमाराहरूलाई सिकाउने कुरामा सल्‍लाह दिन्‍छन्। अन्‍तमा पावलले तीतसलाई शान्‍त र मिलनसार हुनुपर्ने, ख्रीष्‍टियान चालचलन अपनाउने, तर दुश्‍मनी, झैझगडा र मण्‍डलीमा हुने फाटोबाट अलग्‍गै रहने सल्‍लाह दिएका छन्।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-४
मण्‍डलीका अधिकारीहरू १:५-१६
मण्‍डलीका विभिन्‍न झुण्‍डहरूका जिम्‍मेवारी २:१-१५
सल्‍लाह र चेतावनी ३:१-११
समाप्‍ति ३:१२-१५

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in