YouVersion Logo
Search Icon

तीतस 3:4-7

तीतस 3:4-7 सरल नेपाली

तर जब हाम्रा मुक्तिदाता परमेश्‍वरको दया र मानिसप्रतिको प्रेम हामीले देख्‍यौं, उहाँले हामीलाई बचाउनुभयो। हामी आफैंले कुनै असल काम गरेको हुनाले त यसो भएको होइन। तर उहाँकै दयाअनुसार उहाँले नयाँजन्‍म दिने नुहाइ र पवित्र आत्‍माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनुभएको हो। मुक्ति दिनुहुने प्रभु येशू ख्रीष्‍टले गर्दा परमेश्‍वरले उही पवित्र आत्‍मा हामीमाथि प्रशस्‍त गरी खन्‍याउनुभयो। यसरी उहाँको अनुग्रहले हामी परमेश्‍वरका अघि ठीक ठहरिन सक्‍यौं अनि हामीले आशा राखेका अनन्त जीवनको पनि हकदार हुन सक्‍यौं।

Related Videos

Free Reading Plans and Devotionals related to तीतस 3:4-7