YouVersion Logo
Search Icon

भजनसंग्रह 99

99
परमेश्‍वर सर्वोच्‍च राजा
1 # प्रस्‍थान 25:22 परमप्रभु राजा हुनुहुन्‍छ,
मानिसहरू काँप्‍दछन्,
उहाँ पखेटा भएका जीवमाथि बसालेको सिंहासनमा विराजमान हुनुहुन्‍छ
र पृथ्‍वी हल्‍लँदछ।
2परमप्रभु सियोनमा महान् हुनुहुन्‍छ,
सबै जातिहरूमाथि उहाँ सर्वोच्‍च हुनुहुन्‍छ।
3सबैले उहाँको महान् र गौरवपूर्ण नामको प्रशंसा गर्दछन्।
उहाँ पवित्र हुनुहुन्‍छ!
4सामर्थी राजा, जे ठीक छ, त्‍यो तपाईंले प्रेम गर्नुहुन्‍छ,
तपाईंले इस्राएलमा न्‍याय कायम गर्नुभएको छ,
धार्मिकता र न्‍याय ल्‍याउनुभएको छ।
5परमप्रभु हाम्रा परमेश्‍वरको प्रशंसा गर;
उहाँको सिंहासनको सामु दण्‍डवत् गर।
उहाँ पवित्र हुनुहुन्‍छ!
6मोशा र हारून उहाँका पूजाहारीहरू थिए,
उहाँलाई प्रार्थना गर्ने एक जना शमूएल थिए,
तिनीहरूले परमप्रभुलाई पुकारे
र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो।
7 # प्रस्‍थान 33:9 उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्‍नुभयो,
उहाँले दिनुभएका नियम र आज्ञाहरू तिनीहरूले पालन गरे।
8हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईंले आफ्‍ना प्रजालाई जवाफ दिनुभयो,
तपाईंले तिनीहरूलाई तिनीहरूका पापको दण्‍ड दिनुभए तापनि
म क्षमा दिने परमेश्‍वर हुँ भनी तपाईंले तिनीहरूलाई देखाउनुभयो।
9परमप्रभु हाम्रा परमेश्‍वरको प्रशंसा गर
र उहाँको पवित्र पहाडमा उपासना गर!
परमप्रभु हाम्रा परमेश्‍वर, पवित्र हुनुहुन्‍छ।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for भजनसंग्रह 99