YouVersion Logo
Search Icon

भजनसंग्रह 95

95
प्रशंसाको भजन
1आओ, हामी परमप्रभुको प्रशंसा गरौं!
हामीलाई रक्षा गर्नुहुने परमेश्‍वरकहाँ आनन्‍दले भजन गाऔं!
2धन्‍यवादसाथ उहाँको सामु आऔं
र उहाँको प्रशंसाको आनन्‍दमय भजन गाऔं
3किनभने परमप्रभु सामर्थी परमेश्‍वर हुनुहुन्‍छ
र अरू सबै देवी-देवताहरूमाथि सामर्थी महाराजा हुनुहुन्‍छ।
4उहाँले गहिराभन्दा गहिरा ओढारदेखि अग्‍लाभन्दा अग्‍ला पहाडहरूसम्‍म
सारा पृथ्‍वीमाथि राज्‍य गर्नुहुन्‍छ।
5उहाँले आफैंले बनाउनुभएको समुद्र र जगत्‌माथि राज्‍य गर्नुहुन्‍छ।
6आओ, हामी शिर निहुराएर उहाँलाई दण्‍डवत् गरौं,
हामीलाई बनाउनुहुने परमप्रभुको अघि घुँडा टेकौं।
7 # हिब्रू 3:7-11 # हिब्रू 3:15; 4:7 उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्‍छ,
हामी उहाँका आफ्‍ना प्रजा हौं, जसको उहाँले वास्‍ता गर्नुहुन्‍छ,
उहाँको भेडाको बथान हौं, जसलाई उहाँले खुवाउनुहुन्‍छ।
उहाँले के भन्‍नुहुन्‍छ, आज सुन:
8 # प्रस्‍थान 17:1-7; गन्ती 20:2-13 “तिम्रा पिता-पुर्खाहरू मेरीबामा
अथवा एक दिन मस्‍साहको मरुभूमिमा अट्टेरी भएजस्‍ता तिमीहरू अट्टेरी नबन।
9मैले तिनीहरूको लागि गरेका काम देखेका भए तापनि
तिनीहरूले त्‍यहाँ मेरो जाँच गरे, परीक्षा लिए।
10चालीस वर्षसम्‍म म तिनीहरूसँग विरक्त थिएँ,
मैले भनें, ‘यिनीहरू कस्‍ता अभक्त मानिसहरू हुन्!
यिनीहरूले मेरा आज्ञा मान्‍दैनन्।’
11 # गन्ती 14:20-23; व्यवस्था 1:34-36; हिब्रू 4:3,5; व्यवस्था 12:9,10 मैले रिसाएर एउटा कठोर प्रतिज्ञा गरें,
‘मैले विश्राम दिने देशमा,
तिमीहरू कहिल्‍यै पस्‍नेछैनौ’।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in