भजनसंग्रह 81
81
चाडको लागि गीत
1परमेश्वर हाम्रा रक्षककहाँ आनन्दले स्वर उचाल!
याकूबका परमेश्वरलाई प्रशंसाका भजन गाओ!
2सङ्गीत सुरु गर, खैंजडी बजाओ,
वीणा र सितारहरू बजाएर सुमधुर सङ्गीत सुनाओ।
3 #
गन्ती 10:10
पूर्णे र औंसीका रातमा
चाडको तुरही फुक।
4यो इस्राएलको नियम हो,
याकूबका परमेश्वरको आज्ञा हो।
5मिश्रदेशमा हमला गर्दा
उहाँले यो आज्ञा इस्राएलका मानिसहरूलाई दिनुभयो।
एउटा नचिनेको स्वरले यसो भनेको सुन्दछु:
6मैले तिम्रा पिठ्युँको भारी उतारिदिएँ,
तिम्रो इँटाको भारी बिसाउन दिएँ।
7 #
प्रस्थान 17:7; गन्ती 20:13 तिमीहरू कष्टमा छँदा तिमीहरूले मलाई पुकार्यौ
र मैले तिमीहरूलाई बचाएँ।
आँधीदेखि मेरो लुक्ने ठाउँबाट मैले तिमीहरूलाई जवाफ दिएँ।
मेरीबामा उम्रेका पानीछेउ मैले तिमीहरूको जाँच लिएँ।
8मेरा प्रजा हो, मेरा चेतावनीलाई सुन,
हे इस्राएल, तिमीहरूले मलाई सुन भनी मेरो कति इच्छा छ!
9 #
प्रस्थान 20:2,3; व्यवस्था 5:6,7 तिमीहरूले अर्को ईश्वरलाई कहिल्यै नपुज्नू।
10म तिमीहरूका परमप्रभु परमेश्वर हुँ,
जसले तिमीहरूलाई मिश्रदेशबाट निकाली ल्यायो।
तिमीहरूका मुख खोल र म तिमीहरूलाई खुवाउनेछु।
11“तर मेरा प्रजाले मेरा कुरा सुन्दैनन्,
इस्राएलले मेरा आज्ञा मान्दैनन्।
12यसैले तिनीहरूलाई मैले तिनीहरूको अट्टेरी इच्छाअनुसार चल्न दिएँ
र तिनीहरूलाई जे मन पर्छ, त्यसो गर्न दिएँ।
13मेरा प्रजाले मेरो कुरा सुनून्,
र मेरा आज्ञा मानून् भनी मेरो कत्रो इच्छा छ!
14मैले चाँडै तिनीहरूका शत्रुहरूलाई हराउनेथिएँ
र विजय गर्नेथिएँ।
15मलाई घृणा गर्नेहरूले डरले मेरा सामु दण्डवत् गर्नेथिए,
तिनीहरूको दण्डको अन्त हुनेथिएन।
16तर तिमीहरूलाई चाहिँ म सबैभन्दा असल गहुँ खुवाउनेथिएँ,
बनको महले तृप्त पार्नेथिएँ।”
Currently Selected:
भजनसंग्रह 81: सरल नेपाली
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

:
Highlight
Share
Copy

Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.